सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडानमा सबैलाई उपहार “तिम्रै हुन पाऊँ”

तिमीसँग बोल्दा बोल्दै, हेर्दा हेर्दै निदाउन पाऊँ,
जिवन भरी रम्दा रम्दै हाँस्दा हस्दै बिताउन पाऊँ,

आँशु झार्दा तिम्रो मै पुछिदिउला,
दुःख सारा तिम्रो मै कटाइदिउला,

जे गर्दा नि, जे पर्दा नि तिम्रै हुन पाऊँ,
जे गर्दा नि, जे भन्दा पनि तिम्रै बन्न पाऊँ ।

काठमाडौँ । सुन्दा सुन्दै ए गीत त सकियो भनेर अचम्म मानेर फेरि दोहो¥याएर हेर्न मन लाग्ने गीत हो “तिम्रै हुन पाऊँ” । नेपाल सरकारले कोरोनाको महामारीलाई नियन्त्रणमा लिनका लागि विशेष गरेर उपत्यका लगाएत १९ जिल्लामा निशेधाज्ञा जारी गरेको छ । यही अवसरमा घरमा बस्दा, बस्दा वाक्क धिक्का हुँदा मन भुलाउनका लागि अति उपयुक्त गीत “तिम्रै हुन पाऊँ” गायिका एलिना चौहानको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भैइसकेको छ ।

नव गायक तथा युवा नेता कविन्द्र मोक्तानको र गायिका एलिना चौहानको सुरिलो आवाजमा रहेको यो गीत करिब दुई मिनेट बाइस सेकेन्ड्को छ । मन भिज्ने शब्द अनि मन छुने आवाज, सुनिरहौं लाग्ने संगीत , यो म्युजिक भिडियो हेरेपछि फेरि हेर्न मन लाग्ने ।

नेपाली गीत संगीतमा मैले समिक्षा गरेर समाचार लेखेको छैन । नव गायक कविन्द्र मोक्तानले यो अवसर जुझाइ दिएको छ । गीत संगीतको सागारमा यो थोपा हो । धेरै विषय बस्तुलाई केलाउनु पर्ने हुन्छन् । मैले ति सबै विर्सेर सम्भावना बोकेको एक नव गायकको रुपमा देखि रहेको छु कविन्द्र मोक्तानलाई ।

यो उनको नै आवाज, आफ्नै शब्द संगीतमा सजिएका छोटो मिठो प्रेम गीतले सबैको मन छुन्छ नै । युगल जोडीहरुका लागि प्रेम बास्न साट्न, हृदयको भाव साट्न ओखती नै हुनेछन्, भएको छ भन्दा फरक नपर्ला । किनभने यो गीत सार्वजनिक भएको करिब पन्ध्र घन्टामा दर्शकहरुले हेरिसकेका छन् भने सयौंले राम्रो गीत भएको कमेन्ट् गरेका छन् ।

“तिम्रै हुन पाऊँ” यो गीत सुनिरहदा कतै शब्द रचनाकारले आफ्नै कुरा त खोल्दै छैन ? उठ्न सक्छ । हरेक शब्दमा प्रेमको मात्र होइन सुगन्धको रस मिसिएको छ ।

हुन त नव गायक कविन्द्र मोक्तानको यो पहिलो प्रयास हो । सफलताको शुभकामना तर निरन्तरता स्वयम गायकमा नै निर्भर हुने छन् । बजारमा लाखौं प्रतिस्पर्धीहरु छन् । लाखौंमा एक भएर निस्कनाका लागि धेरै मिहिनेत र साधानाको आवश्यकता पर्दछ ।

हेर्न छुटाउनु त भएकाे छैन ?

भर्खरै

सम्बन्धित खबर

Language »