सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लक्ष्मी लघुवित्त वित्तीय संस्था लि द्धारा डडुवा गाउपालिकालाई कोरोना व्यावस्थापनलाई चेक हस्तान्तरण


नेपालगञ्ज,लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित यस लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LxLB) ले बाँके जिल्लाको डडुवा गाउपालिकाको कोरोना राहत विपत तथा क्वारेन्टिन व्यावस्थापनको लागी डडुवा गाउपालिकाको कार्यालयको उप प्रमुख साहीदा बानोलाई शाखाका शाखा प्रबन्धक सुमन राना मार्फत चेक हस्तान्तरण गरिएको छ ।

डडुवा गाउपालिका ५ बाके स्थीत लक्ष्मी लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय कम्दी द्धारा कोरोना राहत विपत तथा क्वारेन्टिन व्यावस्थापनको लागी सोमबारको दिन रु १०,००० को चेक हस्तान्तरण गरिएको हो ।

यस अघि संस्थाले सातवटै प्रदेश लाई २÷२ लाखको दरले रु १४००,००० सहयोग गरी सकेको छ भने ७२ वटा शाखाकार्यालय रहेको स्थानियकार्यालयमार्फत थप ७,००,००० गरी देश भरी जम्मा रु २१००००० सहयोग हुने संस्थाले जनाएको छ ।


शाखाले आफनो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत केहि भए पनि कोरोना विरुद्धको लडाईमा एक्यबद्धता जनाउन पाएकोमा निकै खुशी लागेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालयका शाखा प्रबन्धक सुमन रानाले जनाउनु भएको छ ।

साथै शाखा कार्यालय अन्तरगत आफनो ग्राहक सदस्यहरुलाई सुरक्षित रहन र आगामी असार मसान्तसम्म व्याज दर घटेको हुदा जति सकिन्छ किस्ता जम्मा गर्न समेत संस्थाले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »