सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लक्ष्मी लघुवित्त वित्तीय संस्था लि द्धारा कोहलपुर नगरपालिकालाई कोरोना व्यावस्थापनलाई चेक हस्तान्तरण

नेपालगञ्ज, लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड  (LxLB) शाखा कार्यालयले कोहलपुर नगर पालिका ३ मदनचोक बाँकेद्धारा विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट उत्पन्न असहज परिस्थिती न्युनिकरण गर्न संस्थाको सामाजिक उत्तरदायीत्व बहन गर्ने उदेश्यले कोरोना राहत विपद तथा क्वारेन्टाइन व्यावस्थापनको लागी कोहलपुर नगरपालिकालाई रु.१०,००० राहात सहायता उपलब्ध गरेको छ ।

लक्ष्मी बैङकको चेक मार्फत उक्त सहयोग उपलब्ध गरेको संस्थाका शाखा प्रबन्धक हरि प्रसाद अर्यालले हस्तान्तरण गरेको जानकारी दिदै आवश्यक सहयोगमा लघुबित्त संस्था सदैव तयार रहने विचार व्यक्त गरेकाछन् ।

यस अघि संस्थाले सातवटै प्रदेश लाई २ लाखको दरले रु. १४ लाख र ७२ वटा शाखा कार्यालय रहेको स्थानिय कार्यालय मार्फत थप ७ लाख गरी देश भरी जम्मा रु.२१ लाख सहयोग हुने संस्थाले जनाएको छ ।

संस्थाले सदस्यहरुलाई आगलागी, चट्याङ, बाढीपहिरो, हावाहुरी जस्ता प्राकृतिक विपत्तीमा पनि सहयोग गर्दै आएको र सदस्यको दीर्घरोगको उपचारमा सहयोग,ग्राहकको श्रीमान मृत्यु हुंदा काजक्रिया खर्चमा उच्च सहयोग गर्दै आएको छ ।

संस्थाले उपलब्ध गराएको राहात रकम बुज्दै कोहलपुर नगरप्रमुख लुट वहादुर रावतले वर्तमानको यस विषमता संग जुध्न नगरलाई यस सहयोगले थप मद्दत र हौसला प्रदान गरेको भन्दै सहयोगका लागि संस्थालाई धन्यवाद दिदैं उत्तरोउत्तर प्रगतीको कामना गरेका थिए ।

यसै सन्धर्भमा संस्थाले आफनो ग्राहक सदस्यहरुलाई सुरक्षित रहन आग्रह गर्दै असार मसान्तसम्म व्याज दर घटेको हुँदा सम्भव भए सम्मा साँवा र व्याज रकम बुझाई ब्याज छुट लिन समेत अनुरोध गरेरको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »