सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लगातार नवौं पटक “सिरी ए” उपाधि युभेन्टसको पोल्टामा

एजेन्सी; आइतबार भएको इटालियन सिरी ए लिगमा युभेन्टसले साम्पोडियालाई २-० गोल अन्तरले पराजित गरेको छ । यससँगै युभेन्टसले अन्तिम दुई खेल अगावै “सिरी ए” लिग उपाधि लगातार नवौं पटक जितेको छ ।

घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउने क्रममा टिमका सुपरस्टार फर्वाड क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नान्डेस्कीले समान एक-एक गोल गरे । खेलको पहिलो हाफको इन्ज्युरी समयमा रोनाल्डोले मिरेलाम पियानिचको फ्री किक् पासमा सुन्दर गोल गर्दै घरेलुु टिमलाई १-० गोलको अग्रता दिलाए । त्यस्तै खेलको ६७ औं मिनेटमा रोनाल्डोको शक्तिशाली प्रहार साम्पोडियाका गोलकिपरबाट रिबाउन्ड भएर आएको बललाई बर्नान्डेस्कीले गोलमा परिणत गरे । त्यसपछि खेलको ७७ औं मिनेटमा मोर्टेन थोस्बाइले रातो कार्ड पाएपछि साम्पोडिया दश खेलाडीमा समेटियो । खेलको अन्तिम समयमा युभेन्टसले पेनाल्टीको मौका पायो तर उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार बारमा लागेर फर्किंदा उनी लिगमा ३२ गोल गर्नबाट चुके । जुन गोल हुन सकेको भए उनलाई युरोपियन गोल्डेन बुट उपाधि होडमा सहज हुने थियो । हाल उनी ३१ गोल सहित गोल्डेन बुट दौडमा रोबर्ट लेवान्डेस्की र सिरो इम्मोबिले भन्दा ३ गोलले पछि छन् ।

जितसँगै युभेन्टसले ३६ खेलबाट ८३ अंक बटुलेको छ भने पराजित साम्पोडिया समान खेलबाट ४१ अंक सहित लिगको पन्ध्रौं स्थानमा छ ।

भर्खरै

सम्बन्धित खबर

Language »