सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ललितपुरमा प्रहरी कुट्ने ९ जनामाथि चार मुद्दामा अनुसन्धान थालियो

काठमाडौं। ललितपुरमा प्रदर्शनका क्रममा प्रहरी माथि आक्रमण गर्ने ९ जनालाई प्रहरीले चार वटा मुद्दामा अनुसन्धान थालेको छ ।

बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका ९ जनालाई प्रहरीले चार वटा मुद्दामा अनुसन्धान थालेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार बिहीबार पक्राउ परेका ९ जनालाई हिरासतमा लिई विभिन्न मुद्दामा अनुसन्धान थालिएको हो।

पक्राउ पर्नेमा ललितपुर – १६ गावाहलका महेश बज्राचार्य, ११ का पृथबिन्दु महर्जन, २१ का अशोजकुमार महर्जन, ६ का रवी शाक्य, १६ का रवीन शाक्य, महालक्ष्मी नगरपालिका – १ इमाडोलका सुविन शाक्य, ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी – ८ का श्याम श्रेष्ठ र काठमाडौं –१६ का यादवलाल कायस्थ छन्।

राईका उनका अनुसार संक्रामक रोग ऐन २०२०, कुटपिट, स्थानीय प्रशासन ऐन २०२८ र सार्वजनिक शान्तिविरूद्धको कसुरमा उनीहरूलाई अनुसन्धान भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »