सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लागु औषध नियन्त्रणमा बाँकेका एसपी वीर बहादुर वलीलाई ठुलो सफलता


नेपालगन्ज, लागु औषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले ठुलो सफलता प्राप्त गरेको छ ।

नेपालगञ्जको जमूनाह नाकाबाट दैनिकजसो लागु औषधसहित ब्यक्तिहरु पक्राउ पर्न थालेका छन् ।

प्रहरीले पछिल्लो समय सीमानाकामा लागु औषधका कारोबारी र प्रयोगकर्ता नियन्त्रणका लागि चेकजाँचलाई कडाई गरिएको जनाएको छ ।

बरामद गरिएका ठुलो परिमाणका लागु औषध सहित संलग्न ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।

शनिबार जमूनाह नाकामा ईलाका प्रहरी कार्यालय जमूनाह र लागु औषध नियन्त्रण ब्यूरो नेपालगञ्जको टोलीले भारतको बहराईचका २५ वर्षिय अव्दुल रसिदलाई दुईसय ग्राम खैरो हेरोईन सहित पक्राउ गरेको छ ।

रसिदले चलाएको अनटेष्ट कालो रंगको अपाची मोटरसाईकल रोकेर चेकजाँच गर्दा हेलमेटभित्र चारवटा प्लाष्टिकका पोकामा राखेको लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो ।


यसैगरी शनिवार साझ नै जमूनाह नाकामा कैलालीको टिकापुर नगरपालिका १ का विष्णु पुरी र शिवराज पुरीलाई १८ ग्राम शंकाष्पद वस्तु सहित पक्राउ गरिएको छ ।

भे ९ प ६५२९ नम्बरको स्कुटरको मेडगार्डभित्र लुकाई राखेको अवस्थामा खैरो हेराईन जस्तो देखिने धुलो बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु दिदीभाई हुन् । जमूनाह नाकाबाट आईतबार २९५ एम्पुल लागु औषध सहित नेपालगञ्ज २ का नगेन्द्र राना पक्राउ परेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »