सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लक्पा लामाको माया बस्यो विनु शाक्यसँग

भक्तपुर, प्रेममा जात हुँदैन । प्रेममा भाषा हुँदैन । लक्पा लामा यत्ति बेला विनु शाक्यसँगको मायामा डुबेको छ ।

मोडल लाक्पा लामाको अभिनयमा माया बस्यो ख्याल ख्यालैमा गीत सार्वजनिक भएको छ, उनलाई अभिनयमा विनु शाक्यले साथ दिएकी छिन् । साङ्गे ब्लोन तामाङको शब्द रचना रहेको प्रस्तुत गीतमा अभिषेक तामाङको स्वर संगीत सुन्न सकिन्छ । गीतलाई चाँद सिंले संगीत संयोजन र दिपेश प्रधानले अडियो मिक्सिङ गरेका हुन् ।

प्रतीक ञ्यासुरको निर्देशन तथा नृत्य निर्देशनमा बनेको उक्त भिडियोमा सुर्य लामाको छायांकन र कलर सम्पादन देख्न सकिन्छ । भिडियोलाई बज्र ञ्यासुरले सम्पादन गरेका हुन् ।

अल्लारे केटा र केटीको ठट्यौली माया प्रेममा आधारित सो गीतमा लाक्पा लामाको अभिनय तारिफयोग्य छ ।

भर्खरै

सम्बन्धित खबर

Language »