सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लायन्स क्लब अफ काठमाडौँ समर्पणको अध्यक्षमा अखिल अग्रवाल

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ समर्पणको अध्यक्षमा लायन अखिल अग्रवाल निर्वाचित हुनुभएको छ ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आई अन्तर्गत सानेपामा सञ्चालित सो क्लबको शुक्रबार साँझ रमदा होटल ठमेलमा सम्पन्न साधारणसभाबाट लायन अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै, क्लबको प्रथम उपाध्यक्षमा लायन अमित चौधरी, सचिवमा लायन पिउस जाजोडिया, सहसचिवमा लायन विवेक शर्मा र कोषाध्यक्षमा राजिव जैन निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित अग्रवाल सावरिया कन्ट्रक्सन प्रालिका सञ्चालक समेत हुनुहुन्छ । लायन्सको एक वर्षको कार्यकाल हुने भएकाले अग्रवाल सन् २०२२÷०२३ का लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित अध्यक्ष अग्रवालाई निवर्तमान अध्यक्ष लायन लवेन्द्रसिंह मल्लले पदभार सुम्पिनुभएको हो ।

सो कार्यक्रममा लायन पंकज जलान, लायन सञ्जय सिंघानिया, लायन दिलिपकुमार अग्रवाल, लायन महेन्द्रकुमार राठी, लायन अजय बजाजलगायतले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । विस २०६७ सालमा स्थापना भएको उक्त क्लबले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

उक्त क्बलले कोरोना महामारीको समयमा अक्सिजन बैँक स्थापना, माक्स, सेनिटाइजर, ग्लोब्स वितरण, बाढीपीडितलाई सहयोग, विद्यालयका विद्यार्थीलाई पोशाक वितरण, कोरोना उपचारका लागि क्लिनिक सञ्चालनलगायतका महत्वपूर्ण काम गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »