सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लाल बहादुर तामाङको स्मृति दिवसको अवसरमा हाजिरी जवाफ कार्यक्रम

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिकामा लाल बहादुर तामाङको स्मृति दिवसको अवसरमा विद्यालय स्तरको हाजिरी जवाफ हुने भएको छ ।

तेमाल गाउँपालिका वडा नं. ८ रातामाटाटार ल्होङ्सालस्थित श्री सेतीदेवी माविमा यही मंसिर १३ गते मंगलबार हुने सेतीदेवी माविको विद्यालय व्यवस्थापन समितिको सदस्य अजय कुमार तामाङले सारा खबरलाई जानकारी दिएको हो ।

स्वर्गीय लाल बहादुर तामाङले सेतीदेवी मावि स्थापना काल देखि नै सहयोग गर्दै आइरहेको तामाङले बताउनु भयो । अहिले स्वर्गीय तामाङको छोराले बुबाको स्मृति दिवसमा हाजिरी जवाफ कार्यक्रम आयोजना गर्न विद्यालयलाई जिम्मा दिएको समितिको सदस्य अजय कुमार तामाङले बताउनु भएको छ ।

हाजिरी जवाफमा तेमाल गाउँपालिकाको प्रत्येक वडामा हरेका विद्यालयलाई सहभागी जनाउनका लागि पत्र काटिसकेको बताउनु भयो ।

प्रथम हुने टिम लाई नगद तीस हजार र प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः विस हजार र दश हजार नगद र प्रमाण पत्र दिने घोषणा गरेका छन् ।

कार्यक्रम मंसिर १३ गते बिहान ११ बजेबाट शुरु हुने भएकोले तोकिएको समय भित्र सहभागी ह्नका लागि आयोजक सेतीदेवी माध्यमिक विद्यालयले आहावान गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »