सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लिदिकाे पहिराे पीडितलाई विदेशबाट नायक जङ्गेकाे सहयाेग,

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा गएको पहिरोबाट विस्थापित परिवारहरुका लागि तामाङ चलचित्र म्लाङ प्वहारका नायक जङ्गे लोप्चनले आर्थिक सहयोग गरेको छ ।

सरकारले लागु गरेको निषेधाज्ञाको नियमलाई पालना गर्दै भक्तपुरमा जुगल गाउँपालिकाको उपप्रमुख सृजना तामाङलाई सम्बन्धित निकाय सम्म पु¥याएर आर्थिक वितरण गर्नका लागि तामाङ चलचित्र ”म्लाङ प्वहार”का नायक जङ्गे लोप्चनले विदेशबाट पठाएको रु ४० हजार हस्तान्तरण गरेको छ ।

नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन बलबाट जुगल गाउँपालिकाको उपप्रमुख सृजना तामाङलाई हस्तान्तरण गरिएको हो ।

हाम्रो मिसन समृद्ध नेपालको विशेष पहलमा उक्त सहयोग रकम प्राप्त भएको थियाे । यो संस्थाले अन्य थप सहयोगका लागि पनि पहल गरिरहेको अध्यक्ष सुदिन लामाले जानकारी दिएको छ ।

नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिवमले संकटकाे समयमा थप आर्थिक सहयाेगका लागि पहल गर्ने बचन दिनु भएकाे छ भने उपाध्यक्ष सृजना तामाङले सहयाेग रकमबाट लिदैँ चाडै नै लिदिकाे समस्या समाधान हुने जानकारी दिनुभयाे।

For Video

भर्खरै

सम्बन्धित खबर

Language »