सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लिभरपुलको कीर्तिमानी जित

लिभरपुल ( एएफपी) – लिभरपुलले इंग्लिश प्रिमियर लिगमा सोमबार राती किर्तिमान १८ औ जित आत्मसात् गरेको छ । यसका लागि लिग तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले पछाडि परेको स्थिति उल्टाएर वेस्ट ह्यामलाई ३-२ ले हरायो । साडियो मानेले निर्णायक गोल गरेका थिए । योगर्न क्लोपको टोलीले अक्टोबर २० मा पछिल्लो पल्ट म्यानचेस्टर युनाइटेड संग बराबरी खेलेको थियो ।

जर्जिन्हो विज्नाल्डमको गोलले लिभरपुलले अग्रता लिएपछि इसा डिपले बराबरी गोल फर्काए ।त्यसपछि पाब्लो फारनाल्सले वेस्ट ह्यामलाई सनसनीपूर्ण अग्रता दिलाए ।तर लुकास फाबिन्कीको गम्भीर भूलमा मोहम्मद सलाहले गोल गरे । खेल २-२ को बराबरीमा रोकेको थियो ।

मानेले खेल सकिन ९ मिनेट छँदा लिभरपुलको पुनरागमनको औपचारिकता पूरा गर्न विजयी गोल गरे । यो जितपछि लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा २२ अंकले अगाडि रह्यो । य सङ्गै लिभरपुलले सिटीकै नाममा रहेको लगातार १८ खेलको जित यात्रा पनि बराबरी गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »