सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लुक्ला उड्ने यात्रुकाे अनिवार्य पीसीआर टेस्ट नेगेटिभ

काठमाडाैँ। नेपाल सरकारले साेमबार देखि आन्तरिक उडान शुरू गर्न लागेकाे छ। नेपालकाे सबै भन्दा व्यस्त हुने सोलुखुम्बुको खुम्बु क्षेत्रस्थित लुक्ला विमानस्थल अपेक्षित बढी व्यस्त हुने विमानस्थल हो ।

तर, यहाँ उड्ने यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त गाउँपालिकाले राखेको छ ।


खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट रिजल्ट चेक जाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको छ ।

कोरोना भाइरसको महामारीकाबीच करीव ६ महिनापछि आन्तरिक उडान शुरु हुँदैछ । अहिलेसम्म हवाई उडानमा शर्त राख्ने खुम्बु पहिलो स्थानीय सरकार हो । लुक्लामा तारा, सीता र समिट एयरले उडान गर्छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »