सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लुम्बिनी प्रदेशको पाठ्यक्रममा समावेश भएको मण्डल मत्स्य ह्याचरी फार्मको कथा

बुटवल । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं. १३ मा रहेको मण्डल मत्स्य ह्याचरी फार्म नयाँ व्यवसाय गर्न चाहनेहरुका लागि प्रेरणाको स्रोत हुन सक्ने छ ।

लुम्बिनी प्रदेश अन्तरगत कक्षा ६ को पाठ्यक्रममा समेत समावेश भएको यो फार्मको बारेमा अध्ययन गर्नुपर्ने भए पछि यो फार्ममा भिजिट गर्न आउने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ ।

सारा खबरले तिलोत्तमा नगरपालिका वडा नं. १३ को वडा अध्यक्ष नारायण ढकालसँग पनि यो फार्मको बारेमा कुराकानी गरेको थियो । उहाँले वडामा रहेका फार्मंहरु मध्यमा पुरानो फार्म मण्डल ह्याचरी फार्म रहेको स्वीकार्नु भएको छ भने यो फार्मले वडाको नामलाई सबै ठाउँमा चिनाउन सहयोग गरेकोमा खुशी व्यक्त गर्नु भएको छ ।

फार्म हाउसले ओगटेको जग्गाको ब्यबस्थापन तथा साना किसानलाई लक्षित गरि आफ्नै सामान्य प्रबिधि र स्थानिय श्रोत साधन को प्रयोगबाट बनाईएका ह्याचरीकोबारेमा यन्त्रहरु हेनर्, किन्न र सो सम्बन्धि तालिमका लागि समेत किसानहरु आउन थालेपछि बिस्तारै यो फार्म हाउस सफलतातिर उन्मुख भएको सन्चालकहरुले महसुस गरिरहेका छन् ।

रामेश्वर मण्डलले २०५७ सालमा शुरु गरेको यो फार्मले अहिले वार्षिक करोड भन्दा माथि कारोवार गदै आएको सारा खबरको संवाददातासँगको संवादमा सरोज मण्डलले जानकारी दिनु भयो । यो ह्याचरीबाट उत्पादन गरेको माछाका भुराहरु विभिन्न जिल्लामा माछा व्यवसाय गर्नेहरुले लिन आउने गर्दछन् ।

सरोज मण्डलको बुबा रामेश्वर मण्डलको अनुसार करिब ७० प्रतिशत माछा आपुत्र्ति गर्न सफल भएको दाबी गरेको छ ।

सारा खबरका संवाददातासँग गरेको कुराकानीमा उहाँले फाइदा कमाउनका लागि माछा व्यवसाय गर्न सबैलाई अनुरोध गरेको छ ।

बाँकी यो भिडियो हेर्नुहोला ।

भर्खरै

सम्बन्धित खबर

Language »