सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लैंगिक हिंसा विरुद्ध सम्वाद स्थानीय सरकार थप जिम्मेवार बन्नु पर्नेमा जोड


नेपालगञ्ज, लैगींक हिंसा नियन्त्रणका लागि स्थानीय सरकार थप जिम्मेवार बन्नु पर्नेमा जोड दिइएको छ ।

अन्तराष्टिय महिला दिवसका सन्दर्भमा सम्वाद समूह बाँकेद्धारा नेपालगञ्जमा आयोजित लैंगिक ंिहंसा नियन्त्रणका लागि स्थानीय तह र सरोकारवाला निकाय विषयक अन्तरक्रियात्मक सम्वादमा सहभागी सम्वद्ध सरोकार व्यक्तिहरुले सो कुरा बताएका हुन् ।

महिला नेतृत्व कोभिड १९ को संसारमा समान भविश्यप्राप्ती भन्ने मुल नाराका साथ भएको कार्यक्रममा स्थानीय तहका उपाध्यक्ष, न्यायीक समितिका संयोजक, सम्वद्ध सरकारी कार्यालयका प्रमुख, अधिकारकर्मी, सुरक्षाकर्मी, हिंसा विरुद्ध क्रियाशिल संघसंसथाका प्रतिनीधी,कानून व्यवसायी, शिक्षक लगायतको सहभागीता रहेको थियो ।


बढदो यौनंिहंसा नियन्त्रणमा स्थनीय सरकार र सरोकारवालबीचको प्रभावकारी समन्वय र सहकार्य अनीवार्य रहेको आवश्यक्ता औल्याइएको थियो । अधिकांस सहभागीरुले ंिहंसा नियन्त्रण र पीडितको न्यायका लागि सरोकार पक्षले आआफनो स्थानबाट अग्रसरता देखाएपनि प्रमुख दायित्व स्थानीय सरकारको भएकाले थप सम्वदेनशील र जिम्मेवार बन्नु पर्ने सुझाव दिएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख महिला विकास अधिकृत शोभा शाहले लैगिंक हिंसा, समग्र अवस्था, कानूनी प्रावधान र प्रयोग तथा सरोकारवीचको सहकार्यको पाटोमा कार्यपत्र प्रस्तुत गर्नु भएपछि व्यापक विमर्श गरिएको थियो ।

खजुरा गाउँपालिका उपाध्यक्ष एवं सम्वाद सदस्य एकमाया विकले यौन हिंसाका घटनामा पीडितलाई न्याय दिलाउन अनेकन चुनौती देखीएपनि सामुहिक सहकार्यबाटै हिंसा रोक्न सकिने विश्वास व्यक्त गर्नु भयो ।

सरकारी वकील कार्यालयका जिल्ला न्यायधिवक्ता वासुदेव शर्माले ंिहसाका घटनामा प्रहरीको अनुसन्धान प्रभावकारी बनाउन सकीयो भने कानूनी कारवाहीमा समस्या नहुने स्पष्ट पार्नु भयो ।

जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख राम सुरेश यादवले शिक्षकमार्फत पनि लैंगिक ंिहंसा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न सकिने भएकोले त्यस्ता कार्यक्रम सञ्चालनको बातावरण बनाउन आहवान गर्नु भयो ।

सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएकोे कार्यक्रममा जिल्ला वार अध्यक्ष जनक बहादुर शाी, जिल्ला कानूनी सहायता समितिका अधिवक्ता मान वहादुर बुढा, नेपाल मानवअधिकार संगठन बाँकेका सभापति अधिवक्ता प्रलाद वहादुर कार्की, जिल्ला प्रहरी अन्तर्गत जेष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख श्यामा पाइजामगर, भेरी अष्पताल एकद्धार संकट व्यवस्थापन केन्द्रकी प्रतिनीधी कविता पौडेल, भानु माविकी शिक्षीका गीता अर्याल, अधिकारकर्मी कमला पन्त लगायतले आआफनो विचार, अनुभव र सुझाव राख्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »