सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लोक सेवा आयोगको अन्तरवार्तामा सहभागी हुन अनिवार्य पीसीआर रिपाेर्ट बुझाउनुपर्ने

काठमाडाैं । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरहको प्राविधिक तथा अप्राविधिक पदका विभिन्न विज्ञापनको द्वितीय चरणको परीक्षा र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारले अन्तरवार्ता अगावै पीसीआर परीक्षणको रिर्पोट बुझाउन सूचना जारि गरेको छ ।

प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारमध्ये काठमाडौँ उपत्यका बाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यका बाहिर गई आएका भएमा कोभिड १९ पीसीआर परीक्षणको सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तरवार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउन सूचना जारी गरिएकाे हाे ।

स्वास्थ्य परीक्षणमा समस्या आएमा आयोगले सहजीकरणसमेत गर्ने सूचनामा उल्लेख छ ।

भर्खरै

सम्बन्धित खबर

Language »