सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“लौन सरकार”

कबिता

दिपेन्द्र ढकाल (अध्यक्ष शान्ति नेपाल संस्था )

व्यवस्था फेर्न बम पड्काऊनै पर्छ कि??

जनताले चाहे जस्तो व्यवस्था को लागी

हस्ताक्षर गरे हुन्छ सरकार???

यदी हस्ताक्षर गरे हुन्छ भने

कति लाख कति करोड को

हस्ताक्षर चाहीन्छ सरकार??

यदी हस्ताक्षर ले हुदैन र

बम पड्काऊनै पर्छ भने

दल दर्ता गर्नु पर्छ कि पर्दैन सरकार???

मलाई संसदीय व्यवस्था मनपरेको छैन,

मलाई प्रत्यक्ष निर्वाचित कार्यकारी

व्यवस्था चाहीएको छ सरकार!!

म यो व्यवस्था ल्याऊन को लागी

BICC भवनमा बम हान्न पनि तयार छु सरकार!!

मैले दल दर्ता गरेरै बम हानौ कि

स्वतन्त्र पनि बम हान्न पाईन्छ सरकार???

यति भन्दै गर्दा

सरकार ले मलाई बम हान्ने

अनुमति दिन्छ कि

बार्ता मा बोलाऊछस सरकार??

कि मलाई

ईन्काऊन्टर गर्छस सरकार??

म ईन्काऊन्टर हुने भए पनि

संसदीय व्यवस्था फाल्न र

प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था ल्याऊन को लागी

बम हान्न तयार छु सरकार!!

तर

बम किन्ने

पैसा पनि छैन सरकार!!

बम सहूलियत मा दिन्छस कि????

अभियान चलाऊ सरकार!!

लौन जवाफ चाहीयो सरकार!!

संसदीय व्यवस्था बाट हैरान भैयो सरकार!!!

लौन जवाफ चाहीयो सरकार!!!!

भर्खरै

सम्बन्धित खबर

Language »