सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ल्हाेछारकाे अवसरमा तेमालमा अध्यक्ष कप फुटबल प्रतियाेगिता हुने

गोल्ड मेडलिस्ट तेज तामाङलाई पनि सम्मान गर्ने

काठमाडौं । सोनाम ल्होछारको अवसरमा काभ्रेको तेमाफ गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० मा तेमाललाई बाहय तथा आन्तरिक पर्यटकहरुलाई धार्मिक तथा ऐतिहासिक तेमाललाई चिनाउनकालागि प्रतियोगिता आयोजना गर्न लागिएको पालिकाका प्रवक्ता ज्ञान बहादुर लामाले जानकारी दिनुभयो ।

माघ ३ गतेबाट शुरु हुने प्रतियोगिताको मुल नारा “स्वास्थ्य जीवनका लागि खेलकुद, व्यक्तित्व विकासका लागि खेलकुद , आन्तरिक पर्यटन प्रवर्द्धनका लागि खेलकुद” भन्ने रहेको छ भने यो प्रतियोगिता माघ ५ गते सम्पन्न हुनेछन् ।

फुटबल प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रो हुने टिमले २५ हजार राशीको पुरस्कार पाउने छन् ।


उत्कृष्ट खेलाडी, धेरै गोल गर्ने खेलाडी र उत्कृष्ट किपरले ५ हजारका दरले पुरस्कार पाउने व्यवस्था गरेको छ । यही पुस २९ गतेभित्र गाउँपालिकामा टिम दर्ता गरिसक्नुपर्ने प्रवक्ता लामाले जानकारी दिएको छ ।

प्रवक्ता ज्ञान बहादुर लामाले जानकारी दिए अनुसार अध्यक्षकप फूटवल प्रतियोगिताको अवसरमा साग खेलकूद प्रतियोगिताका मेडलिस्टहरुलाई समेत नगद पुरस्कार सहित सम्मान गरिने छ । उनले भनेः ‘फुटवलका गोल्ड मेडलिस्ट तेज तामाङलाई नगद ७५ हजार सहित सम्मान गर्नेछौं भने स्क्वायडमा कास्यपदक जित्ने विपना ब्लोनलाई नगद २५ हजार सहित सम्मान गरिनेछ ।’

भर्खरै

सम्बन्धित खबर

Language »