सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ल्होछार कार्यक्रम भब्य रुपमा संपन्न

काभ्रे ,धुलिखेल । मन्जुश्री संवत २८५७ तथा सोनाम ल्होछारको अवसरमा धुलिखेल नगरपालिका वडा नं ४ बखुन्डोल स्थित बुद्ध पार्क मा एक बृहद कार्यक्रम  संपन्न भएको  थियो  ।

धुलिखेल नगरपालिका का मेयर अशोक ब्यान्जु( श्रेष्ठ)को प्रमुख आतिथ्य मा संपन्न भएको कार्यक्रम मा अन्तराष्ट्रीय तामाङ्ग परीषदका वरीष्ठ उपाध्यक्ष टासी लामा , धुलिखेल नगरपालिका का उप मेयर  बिमला कुमारी चौंलागाईँ, धुलिखेल न पा ४ का वडाअध्यक्ष  रबिन्द्र कर्माचार्य  लगायत बिभिन्न वरीष्ठ ब्यक्तित्व हरु  को बिषेश आतिथ्यताकारूपमा रहेका थिए  ।

कार्यक्रममा ल्होछारको शुभकामना आदानप्रदान गरीनुको साथै  लामाहरुले लामा नाच र बोम्बोहरुले आफ्नो पहिरन सहितको सांस्कृतीक झाँकि प्रस्तुत गरेका थिए  भने कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिहरूलाइ तामाङ टाेपी लगाएर सम्मान गरेकाे थियाे ।

प्रमुख अतिथि अशाेक कुमार ब्यान्जुले धुलिखेलमा मन्जु श्रीकाे प्रतिमा स्थापना गरेर तामाङ समुदायकाे प्रतिनिधित्व धुलिखेलबाट नै गर्ने घाेषणा गर्दै ल्हाेछारकाे एक दिन धुलिखेल नगरले पनि सार्वजनिक बिदा दिने घाेषणा गरेकाे छ ।

यसैगरी अन्तर्राष्ट्रिय तामाङ परिषदकाे वरिष्ट उपाध्यक्ष टासी लामाले तामाङ समुदायले साेनाम ल्हाेछार मनाइरहदा नाँच्ने गाउँने मात्र नभएर तामाङ समुदायकाे अावाजलाइ राज्यकाे संबन्धीत निकाय सम्म पुर्याउने काम पनि गरिरहेकाे बताउनु भयाे । पुष्प कमल दाहाल (प्रचण्ड)ले साेनाम ल्हाेछारलाइ रार्ष्ट्रिय चाडकाेरूपमा घाेषणा गरिसकेकाे हुनाले अब साेनाम ल्हाेछारलाइ राष्ट्रिय चाड साेनाम ल्हाेछार भन्नु पर्छ भनेर उहाँले सबैलाइ अनुराेध पनि गर्नु भयाे ।

उप मेयर बिमला शर्माले तामाङ समुदायकाे याे पर्वमा भूमि , खाध्यान्न र समाज जाेडेकाे हुनाले साेनाम ल्हाेछार सबैकाे पर्व हुनु पर्नु बताउनु भयाे भने बखुण्डाेल बुद्ध पार्कले अायाेजना गरेकाे याे साेनाम ल्हाेछार बृहत कार्यक्रममा यत्ति जमात जम्म हाेला भनेर कल्पना पनि नगरेकाे भन्दै उहाँले भन्नुभयाे ः अाज म धेरै खुशी भएकाे छु । हाम्राे याे वडा नं. ४ मा मैले यहाँहरूलाइ ल्हाेछार पर्वमा स्वागत गर्न पाए । साेनाम ल्हाेछारकाे यहाँहरूलाइ लाखाैं लाख शुभकामना ।

विशिष्ट अतिथि तथा वडा अध्यक्ष रविन्द कर्मचार्यले वडा नं. ४ मा तीन वटा पार्क भएकाे हुनाले याे वडामा घुम्न अाउने पर्यटकहरू रमाइलाे मानेर फर्कने बताउनु भयाे । उहाँले बखुण्डाेल बुद्धपार्क, बुद्ध पार्क, शिवपार्क रहेकाे जानकारी दिनुभयाे ।

सांस्कृतीक प्रदर्शन सहित मनाईएको यो कार्यक्रममा तामाङ्ग समुदायका ख्यातिपाप्त करालाकारहरुको पनि  उलेख्य उपस्थिति  रहेका  थिए । चर्चित हास्यकलाकार बुद्धि तामाङ्ग( हैट) जनजाती कलाकार महासंघका उपाध्यक्ष बिकु थोकर , गायीका  शशिकला मोक्तान ,प्रयास दोङ्ग ,बिजय थोकर ,रुप कुमार तामाङ्ग ,शर्मिला थिङ ,लगायत थुप्रै कलाकार हरुको बेजोड सांगीतीक प्रस्तुती पनि  रहेको थियो  ।

बखुन्डोल बुद्ध पार्क समिति का अध्यक्ष सत्यमान लामाको शभापतित्वमा भएको कार्यक्रमको पहिलो सत्र तामाङ्ग समुदायका खरो पत्रकारका रुपमा परीचित मिलन लामा दोङ्गले संचालन गरेका थिए  भने बिच तिरबाट अर्कि चर्चित कार्यक्रम प्रस्तोता सन्ध्या सुस्केरा तामाङ्गले संयुक्त रुपमा  सन्चालन गरेका थिए  ।

कार्यक्रम ब्यबस्थापन गर्न केहि कठिन भएको  भएपनि  आजको उपस्थिति देखेर यो कार्यक्रम पुर्ण रुपमा संपन्न भएको  आयोजकहरुको दावि छ  । यो कार्यक्रम  लाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु  हुने सबैलाई  आयोजक समिति कि सचिव तथा अन्तराष्ट्रीय तामाङ्ग परीषदका उपाध्यक्ष समेत रहेकी  अस्मिता वाइवाले हार्दिक कृतग्यता समेत ब्यक्त गरेकि छिन  । आजको कार्यक्रम यो क्षेत्र कै भब्य कार्यक्रम भएको  पनि  उन को  भनाई छ ।

कार्यक्रम को मिडीया पार्टनर को रुप मा रहेको सारा खबर अनलाइन र नमोबुद्ध न्युजले कार्यक्रम को प्रत्यक्ष प्रशारण गरेको थियो । कार्यक्रमको अवसरका त्यस कार्यक्रमलाई बिषेश सहयोग गर्नेलाई सम्मान पनि गरीएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »