सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वडाकार्यालयमा अनिश्चिकालिन तालाबन्दी

संखुवासभा : चैनपुर नगरपालिका वडा नंं. १ नुनढाकीको वडा कार्यलयमा नेकपाका युवाहरुले वडाध्यक्ष लोक बहादुर श्रेष्ठले सरकारी सामाग्री तथा कागजपत्रको चरम दुरुपयोग गरेको भन्दै अनिश्चितकालका लागि तालाबन्दी गरेको छ ।

वडाध्यक्षले वडाकार्यलयका वडा सचिव माथि दुव्र्यहार गरी वडाका आवश्यक काजगपत्रहरु आफ्नो कब्जामा लिई मनोमानी ढंगले काम कार्बाही अगाडी बढाएको आरोपमा ने. क.पा. का वडा समितिले वडा कार्यालयमा अनिश्चित कालिनका लागि तालाबन्दी लगाएका छन् । करारमा रहेका वडा सचिव बृख बहादुर राइको समय अवधि समाप्त भएको चैनपुर नगरपालिकाले पत्र पठाएको छ ।

स्थायी करारमा सांगे फूर्वा शेर्पालाई नगरपालिकाले वडाको कामकाजका लागि खटाएका थिए ।

वडा अध्यक्ष श्रेष्ठले नगरपालिकाको पत्रलाई बेवास्था गर्दै कार्य अवधि समाप्त भएका बृख बहादुर राईलाई निरन्तरता दिन थालेपछि विवाद उत्पन्न भएको थियो ।

विवाद चुलिदै गएपछि ने.क.पा.का वडा कार्य समितिले पत्रको कार्यन्वयन हुनुपर्ने माग राख्दै वडा कार्यालयमा मंगलबार देखि तालाबन्दी गरेका हुन् ।

आर्थिक वर्षको हिसाव मिलानको समय अवधी नजिकदै गर्दा वडाका कागज पत्रहरु कब्जामा लिएर वडाको योजनाका बजेटहरुमा मनोमानी तरिकाले मिलाउन खोजेको भन्दै ताला लगाएको विशेष स्रोतले जनाएको छ । वडामा रहेका कम्प्युटर ताथ महत्वपुर्ण फाइलहरु कब्जामा लिएर मनपरी ढंगले प्रयोग परेको वडाध्यक्ष माथि आरोप लगाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »