सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वडा अध्यक्ष दिपक वर्माको प्राथमिकतामा सडक निर्माण

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ को वडा कार्यालयले सडक निर्माणलाई प्राथमिकता दिएको छ ।

सडक कालोपत्रे, पिसिसीसँगै गा्रमिल र माटो पटान कार्य तिव्ररुपमा अघि बढाइएको वडाअध्यक्ष दिपक वर्माले जानकारी दिनुभयो । वडा अध्यक्ष वर्माका अनुसार, नागरिक तथा शिवनगर मा ५०० मिटर पक्की नाला सहित सडक कालो पत्रेको निर्माण कार्य भइरहेको छ ।

यसैगरी बर्दिया बाईपास देखि उत्तर तेजनगर सडक पनि कालोपत्रे भई रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त बजेटमा असार पहिलो साताभित्र कालोपत्रे गरिसक्ने योजना छ, वडा अध्यक्ष वर्माले भन्नुभयो, सुरुवातदेखि नै सडक निर्माणलाई प्राथमिकता दिएका छौं ।

चालु आवमा ९ वटा सडकको पिसिसी सम्पन्न भएको छ । लग्दहवा र भुजईगाउँमा सडकको पिसिसी गरिएको हो । गत आवमा कारकादौंगाउँमा भित्री सडक पिसिसी गरिएको वडा सदस्य दिग्विजय ढुंगानाले जानकारी दिनुभयो ।

नगरकै पुराना वस्तीको रुपमा रहेका स्थानमा पिसिसी भएपछि आवागमनमा सहज भएको स्थानीयको भनाई छ । बर्षायाममा विगतमा घरवाहिर निस्कन समस्या भएकोमा पिसिसी भएपछि धेरै सहज भएको स्थानीयको भनाई छ ।

ट्राभल भिलेजदेखि पुर्वतर्फको सडकको अधुरो काम यसवर्ष गरिएको छ । पक्कि तथा पिसिसी सडक निर्माणसँगै नयाँ वस्तीमा माटो पटान तथा ग्राविल गर्ने कार्य समेत धमाधम भईरहेको छ ।

कारकादौंमा नयाँ वस्ती विकास हुने कार्य दिनानुदिन बढ्दोक्रममा रहेका कारण अधिकाँशको पहिलो माग सडक हुने गरेको वडा अध्यक्ष वर्माले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »