सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वडा कार्यालय भवनको शिलान्यास

डिल कुमारी नेपाल, चितवन

माडी नगरपालिका वडा नं. ५ वडा कार्यालय भवनको निर्माण शिलान्यास भएको छ । आज (बिहीबार) बिहान एक संक्षिप्त कार्यक्रमबिच माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले भवन निर्माणको शिलान्यास गर्नुभयाे ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख ढकालसंगै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, वडाध्यक्ष रामबन्धु पोखरेल र स्थाथीय सामाजिक अगुवाहरुको उपस्थिति रहेकाे थियो । हाल भाडाको घरमा सञ्चालन हुँदै आएको सो वडा कार्यालय कोटीहोम नजिकैको सार्वजनिक जमीनमा निर्माण हुन लागेको छ। जिल्ला समन्वय समितिको ६० प्रतिशत र माडी नगरपालिकाको ४० प्रतिशत लागत साझेदारीमा करीब ४८ लाखको बजेटमा वडा कार्यालय भवनको निर्माण सुरु भएको वडाध्यक्ष पोखरेलले बताउनुभयाे। करीब ३ महिनामै भवन निर्माण सक्ने निर्माण पक्षको भनाई छ ।

यसैबिच, भाडाकै घरमा सञ्चालनमा रहेको माडी ९को वडा कार्यालय भवनको निर्माण सुरुवात भइसकेको हाे। अब माडी नगरपालिका वडा नं. १ को वडा कार्यालय भवन निर्माण बाँकी रहेको पनि उहांकाे भनाई छ । सो वडा कार्यालय माडी २ को वडा कार्यालय भवनबाटै संयुक्त रुपमा सञ्चालनमा रहकाे थियाे।

भर्खरै

सम्बन्धित खबर

Language »