सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वडा सदस्यकाे मिलेमताेमा लाखाैंकाे कर छली, गाउँपालिका मुकदर्शक

काभ्रेपलान्चोक। काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १० दोलालघाट सुनकोशी किनार स्थित बरबोटमा रहेको समानन्तर क्रसर उद्योगले ले कर छलि गरेकोपाइएको छ । समानन्तर क्रसर उद्योगले लामा निर्माण सप्लार्यसको नाममा बील काटेरर लाखैँको कर छलि गरेको हो । नयाँ आर्थिक वर्ष सुरुभएपछि अर्को ठेक्का नलाग्दासम्म गाउँपालिकाको रसिद काट्नु पर्नेमा समानन्तर क्रसर उद्योगले लामा निर्माण सप्लार्यसको नाममा रसिद काटेको पाइएको हो । लामा निर्माण सप्लार्यसले अघिल्लो आर्थिक वर्षमा बगरको ठेक्का पाएको थियो । असार मसान्तमा अघिल्लो आर्थिक वर्ष लागेको ठेक्का बैधानिक रुपमा सकिएको छ ।

गाउँपालिकाले साउन १ गते उपलब्ध गराउनु पर्ने रसिद समयमानै उपलब्ध नगराएको कारण यस्तो लापर्वाही भएको भनिए पनि यो कर छली काण्डमा पालिकाको केहि उच्च पदस्थ ब्यक्ती हरुको संलग्नाता रहेको स्थानिय हरु बताउछन् ।

समानन्तरले लगभग एक महिना २५ दिन लामा निर्माण सप्लार्यसको नाममा रसिद काटेको छ ।‘एक त गाउँपालिकाले समयमै रसिद उपलब्ध गराएन, गराइसकेपछि पनि क्रसर उद्योगले आफ्नै बील काटि रह्यो, नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने ‘हामीले पटक पटक छड्के जाँदा गर्दा पनि यस्तै भेट्यौ ।’

नेपाली काँग्रेस को तर्फबाट वडा नं १० को वडा सदस्य समेत रहेका तिर्थ लामा समानान्तर क्रसर उद्योग का एक संचालक समेत रहेका छन् । प्रहरी देखी कर्मचारी र नेताहरु सम्म को सेटिङ मा कर छली गरी लामाले आर्थीक हिना मिना गरेको स्थानिय हरु को दावी छ ।

यसरि कर छली भइरहेको बारेमा प्रहरी चौकीमा जानकारी गराउँदा प्रहरीले कार्वाही नगरेको हेर्दा यो काण्डमा त्यहाँको स्थानिय प्रहरीको पनि संरक्षण रहेको हुन सक्ने जानकारहरुले सारा खबरलाई बताएका छन् ।

दैनिक ५० टिप मात्रै बालुवा अर्कोको नाम रसिद काटेर पठाउँदा साउनदेखि यता ३० लाख भन्दा बढीको कर छलि भएको स्थानीयहरुबाट गुनासो आएको भन्दै गाउँपालिकाका उपाध्यक्ष एवं राजस्व समितिका संयोजक कल्पना श्रेष्ठले घटनाको सत्य तथ्य छानबिन गरी दोशी उपर कानुन बमोजिम कार्वाही अगाडी बढाइने आस्वासन दिएकी छिन् ।

अन्य सबै क्रसर उध्योगहरुमा गाउँपालिकाले रसिद काट्नको लागि एक जना छुट्टै कर्मचारीको ब्यबस्था गर्नु तर यस समानान्तर क्रसर उद्योगमा बिल प्याड नै ब्यबसायीलाई जिम्मा लगाउनुले यहाँ माथिबाटै सेटिङ मिलाईएको हुन सक्ने आशंका गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »