सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वामदेवलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने नेकपाको निर्णय

काठमाडौं । नेपाल कमयुनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। शनिबार साँझ बालुवाटारमा नेकपाको बैठक बसेको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकले पार्टीको स्थायी कमिटी पु:न बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको छ ।

त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उमेद्वार बनाउन पहल गर्ने निर्णय गरेको छ । त्यस्तै नेकपामा तीन वटा अध्यक्ष बनाउने विषयमा सामान्य छलफल भएको छ। उक्त छलफलमा तीन अध्यक्ष बनाउने विषयमा माधवकुमार नेपालले असहमति जनाएका छन्।

सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »