सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वामदेव गौतमविरुद्ध सर्वोच्चमा दायर रिटमाथिको बहस आज हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरेपछि सर्वोच्चमा दायर रिटमाथि आज बहस हुँदैछ ।

बुधबार सर्वाेच्चका न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपति कार्यालयको भदौ २९ को निर्णय र उहाँलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको नेतृत्वको पाँच सदस्ययी संवैधानिक इजलासले गौतमको मुद्दामा सुनुवाइ गर्न लागेको हो।

इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा हुनुहुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »