सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विकासतर्फ अग्रसर तेमाल गाउँपालिका, वडा नं. ९ मेच्छेमा स्वास्थ्य चौकी भवन निर्माण

तेमाल गाउँपालिका वडा नं. ९ मेच्छे मा करिब तेत्तीस लाख बीस हजार लागतमा बनेको वडा स्वास्थ्य कार्यलय भवन गाउँपालिका अध्यक्ष सलाम सिं तामाङको प्रमुख आतिथ्यमा र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, पुर्वाधार विकास योजना संयोजक राम प्रसाद दहाल र स्वास्थ्य विभाग संयोजक शिवहरी पाठकको आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक सञ्जालमा भएका विभिन्न आरोप प्रत्यारोप बारे बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले वास्तविक सत्य तथ्य कुरा नबुझी यसरी आरोप नलगाउन भन्नुभयो ,”सामाजिक सञ्जालमा वडा कार्यलय निर्माणमा भ्रष्टाचार भयो भनिएकोमा वडा कार्यलय नभई स्वास्थ्य कार्यलय निर्माण भएको हो र यस भवन निर्माणमा कुनै पनि किसिमको भ्रष्टाचार नभएको र आवश्यक परे सत्य तथ्य कुरालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नसक्ने पनि बताउनुभयो ।”

केन्द्रिय सरकारबाट प्राप्त अनुदानबाट वडा नं. ९ मेच्छेको पायक पर्ने ठाउँ मैनाजाङको सरकारी जग्गामा निर्मित सो स्वास्थ्य भवनको र त्यससँगै जाेडिएकाे ग्राउण्डकाे लम्बाई करिब सैंतीस मिटर र चौडाइ करिब पच्चीस मिटर रहेको उपभोक्ता समितिका अध्यक्ष उत्तर सिं तामाङले बताउनुभयो र भवन निर्माण गर्दा जमिन सम्म्याउन करिब ५ लाख र कन्सल्टेन्सी खर्च करिब १ लाख ६६ हजार सामाजिक सुरक्षा कर सहित खर्च भएको पनि बताउनुभयो ।

कार्यक्रमका सभापति तेमाल गाउँपालिका वडा नं. ९ का अध्यक्ष चन्द्र बा. लामाले स्वास्थ्य भवन सहित ठुलो चौर पनि निर्माण भएको र उहाँले पनि यस विकासकार्यमा कुनै भ्रष्टाचार नभएको बताउनुभयो ।

यस सम्बन्धि विस्तृत जानकारी सहित अर्को समाचार भिडियो सहित आउनेछ । कृपया प्रतीक्षा गर्नुहोला ।

भर्खरै

सम्बन्धित खबर

Language »