सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विकास निर्माणमा हामी जुट्छाै, पार्टीकाे झन्डा बिर्सेर काम गरेकाे छुः रविन्द्र कर्माचार्या

काभ्रे । जननिर्वाचित वडाध्यक्ष रविन्द्र कर्माचार्यले धुलिखेल नगरपालिका वडा नं. ४ विश्वमा नै चिरपरिचित वडा भएको हुनाले सबैले गर्व गर्नु पर्ने बताउनु भएको छ ।

वडाध्यक्ष कर्माचार्याले वार्षिक पाँच जना डाक्टर, इन्जिनियरहरु उत्पादन भइरहेको हुनाले शिक्षामा उल्लेखनीय उपलब्धी हासिल हुन सकेको जानकारी दिनुभयो ।

वडामा कच्ची बाटो नरहेको र करिव नयाँ आठसय मिटर कालोपत्रे भइसकेको र प्रत्येक घर, टोल-टोलमा ढलको व्यवस्थापन गर्न कुनै कन्जुस्याइँ नगरेको उहाँले दाबी गर्नु भएको छ । “धुलिखेल नगरपालिकालाई नै समृद्व नगर बनाउने हाम्रो योजना हो । आंशिकरुपमा वडाको बजेट कम भएता पनि समय अनुकुलताको आधारमा राम्रो बजेट आएको छ ।” सम्वादको क्रममा उहाँले बताउनु भयो ।

उहाँले नगर प्रमुख अशोक ब्यञ्जुको खुलेर प्रसंसा गर्नु भयो । उहाँ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।सम्वादकै क्रममा नगर प्रमुख ब्यञ्जु सफल मेयर भएको पनि बताउनु भयो । कोरोना भाइरस विरुद्वको अभियानमा वडामा ७० वटा सुविधा सम्पन्न बेडको क्वारेन्टिन तयारी अवस्थामा रहेको र आइपरेको महामारीसँग लड्न तयारी अवस्थामा रहेको बताउनु भयो ।

उहाँ भन्नु हुन्छ “म जनताको सेवक हुँ । जनताको काम गर्ने बेलामा पार्टीको सिद्वान्त र झन्डा भुलेर निस्वार्थ काम गर्नेछु । हामी शासक होइन । ”

बाँकी भिडियो हेर्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »