सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विकास बैंकहरुको मुनाफा ६० प्रतिशतले वृद्धि

विकास बैङ्कहरूको नाफा बढेर ६ अर्ब ८ करोड माथि पुगेको छ । हालैमात्र बैङ्कहरूले जारी गरेको वार्षिक रिपोर्ट अनुसार विकास बैङ्कको नाफा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा करिब ६० प्रतिशतले नै वृद्धि भएर कुल ६ अर्ब ८ करोड २८ लाख ७१ हजार रुपैयाँ पुगेको हो ।यस्तो नाफा विकास बैङ्कहरूले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८० करोड १२ लाख १२ हजार रुपैयाँ मात्र आर्जन गरेका थिए ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १७ वटा विकास बैङ्कहरू मध्ये गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउने विकास बैङ्कमा मुक्तिनाथ विकास बैङ्क रहेको छ । बैङ्कले आर्थिक वर्षको १२ महिनामा कुल १ खर्ब १५ अर्ब ९ करोड ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा बैङ्कले अधिकतम ६२.७० प्रतिशतले बढी नाफा कमाएको हो । आर्थिक वर्ष २०७६/७७ मा बैङ्कले कुल ७० करोड ७४ लाख ५ हजार रुपैयाँ मात्र नाफा आर्जन गर्न सकेको थियो ।यस्तै, बैङ्कले ब्याज आम्दानी तर्फसमेत अन्य बैङ्कहरूलाई पछि पार्दै गत आर्थिक वर्षमा २ अर्ब ७० करोड ४५ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैङ्कले २ अर्ब २५ करोड ९३ लाख ८४ हजार ब्याज आम्दानी गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »