सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विदेशमा अलपत्रलाई नेपालीलाई निशुल्क उद्धार गर्न सांसदहरुको माग

काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरुले क्वारेन्टिन व्यवस्थापनदेखि विदेशमा अप्ठेरोमा परेका नेपालीको निशुल्क उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको बैठकमा सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवाहरु महामारीका कारण घर फर्किन चाहे पनि भाडा तिर्ने पैसा नहुँदा फर्किन नपाएको बताए । सरकारले रोजगारी नदिएर धकेली धकेली युवाहरुलाई विदेश पठाए पनि रोग र भोकले ग्रस्ता भएकोले उद्दार गर्न नसकेको उनको भनाइ छ ।

‘राम्रा राम्रा र बलिया बलिया युवाहरु रोजगारीका लागि विदेशमा छन् । उनीहरु अहिले विदेशमा अलपत्र छन् रोग र भोकले ग्रस्त छन् । स्वदेश आउन आतुर छन् तर रकम छैन’ सांसद विडारीले भने ‘…तिनीहरुलाई कसरी ल्याउने ? पैसा नभएको मान्छे पनि त नेपाली हो र यहाँ आउनुपर्‍यो नि ! ’

सांसद विमला राई पौडेलले घरघरमा जनतालाई सेवा दिने भनेर संघीय व्यवस्था सुरु गरे पनि स्थानीय तहमा निर्माण भएका क्वारेन्टिनको अवस्था दुःखलाग्दो भएको बताइन् । उनले कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा महिला तथा बालबालिका मन्त्रालयको सहभागिता हुनुपर्ने माग राखिन् ।

सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा भारतबाट ९० हजार भन्दा बढी नागरिक फर्किएको र प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्ति क्वारेन्टिनमा रहेको बताए ।

क्वारेन्टिनमा रहेको हजारौंको परीक्षण हुन नसकेको भन्दै उनीहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्न सांसद कुँवरले माग गरे ।

सांसद रमेशजंग रायमाझीले मंगलबारे अस्पतालको नाम प्रदेश सरकारले परिवर्तन गरी मदनभण्डारी राखेको प्रति आपत्ति जनाए । उनले मदन भण्डारीको नाममा अस्पताल चाहिने भए सुन्दर हरैचा नगरपालिकामा आफूले जग्गा उपलब्ध गराउने बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »