सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विदेशमा अलपत्र परेका नेपालीहरूकाे उद्धार, हाेल्डिङ प्लेसकाे रूपमा पार्टी प्यालेसहरू प्रयाेग गर्दै,

नेपाल सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्वार कार्य शुरु गरेको छ ।

जेठ २३ गते शुक्रबार म्यानमारमा अलपत्र परेका नेपालीहरुलाई उद्वार गरेका थियो । यसैगरी शुक्रबार नै दुबईबाट पनि उद्वार गरेको छ ।
यसरी विदेशबाट उद्वार गरिएका नेपालीहरुलाई होल्डिङ प्लेसकोरुपमा काठमाडौँमा रहेका पार्टी प्यालेसहरुलाइ प्रयोग गरेका छन् । म्यानमारबाट आएका नेपालीहरुलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट यत्ति इभेन्ट्समा होल्डिङमा राखेर सम्बन्धीत ठाउँमा नेपाल प्रहरी र नेपाल आर्मीको समन्वयनमा स्थानीय तह वा नगरपालिकाको अधिकारीलाई जिम्मा गरेर पठाउने व्यवस्था गरेको छ ।

नेपाल सरकारको गृहमन्त्रालयबाट गृहसचिव र काठमाडौँ जिल्ला प्रशासन प्रमुख निरिक्षणका लागि आएता पनि स्थानीय तहका जनप्रतिनिधिहरु भने कोहि पनि भेटिएन ।

स्थानीय तह र नेपाल सरकार बीचको खाडल यो घट्नाले पनि प्रस्ट पारेको छ ।

यसरी विदेशबाट आएका नेपालीहरुले नेपाल टेलिकमले वितरण गरेको सिम अनिवार्यरुपमा दुई महिनासम्म प्रयोग गर्नु पर्ने छ । त्यो सिमको माध्यमबाट ती व्यक्तिको स्वास्थ्य अवस्थाकोबारेमा जानकारी लिन सकिने नेपाल टेलिकमका कर्मचारीले जानकारी दिएको छ ।

भिडियाे हेर्नु हाेला ।

यति पार्टी प्यालेसका सञ्चालक शिवभक्त रञ्जित र सरोज शाक्य हुन् । प्यालेसको व्यवस्थापन रञ्जितले गरिरहेका छन् । दाजुहरूले १५ वर्षअघिदेखि नै प्यालेस चलाएको भए पनि रञ्जित ६ वर्षदेखि यो क्षेत्रका छन् । उनी काठमाडौं पार्टी प्यालेस संघ (इभा नेपाल) को उपाध्यक्ष पनि हुन् ।

बाहिरबाट आएका नेपालीलाई होल्डिङका लागि सरकारले माग गरेपछि शिवभक्त र सरोज दिन तयार भए ।

‘कोरोना उच्चस्तरीय समितिबाट प्रस्ताव आयो । क्वारेन्टाइन नै बनाउन भनिएको थियो । तर, क्वारेन्टाइन बनाउन भौतिक संरचना नभएपछि होल्डिङका लागि दिन तयार भएका हौँ’, रञ्जितले भने ।

संकटको समयमा मानवीय दायित्त्व पूरा गरेको उनले बताए । ‘देश संकटमा छ । यो समयमा मान्छे कसरी बाँच्ने र बचाउने भन्ने हो । हरेक मान्छेकोे दायित्व पनि हो,’ संचालक रञ्जितले भने, ‘हामीले पनि सहयोग गरेका हौँ ।’

विदेशबाट आएका नेपालीका लागि आफ्नो पार्टी प्यालेस प्रयोग गरेकोमा उनी खुसी देखिन्थे ।

‘देश विदेशबाट आएको रेमिट्यान्सले चलेको छ । नेपाली दाजुभाइलाई किन नराख्ने ? कतिपय देशमा अहिले नेपाली अलपत्र पर्नुभएको छ,’ उनले थपे, ‘नेपाल ल्याउनुपर्छ ।’

नेपाली सेनाले व्यवस्थापनको जिम्मा लिएको छ । यद्यपि, उनले आफ्ना ५ जना कर्मचारी पनि खटाएका छन् ।

व्यवस्थापन राम्रो बनाउन उनले सरकारलाई आग्रहसमेत गरे ।

‘व्यवस्थापनको जिम्मा सरकारको हो,’ उनले भने, ‘बाहिरबाट आउनुभएकाले तातोपानी माग्नुहुन्छ, हामीले नै दिएका छौँ ।’

विदेशबाट आएकाको व्यवस्थापनमा जुट्दाजुट्दै समय निकालेर कुराकानीमा जुटेका रञ्जित भन्दै थिए, ‘अहिले आर्थिकभन्दा पनि मानवीय कुरा ठूलो हो । फाइनान्सियल कुरा त पछि गरौँला नि ।’

भर्खरै

सम्बन्धित खबर

Language »