सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई नँया विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरेर निर्देशित गरेको हो ।

मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर विद्यार्थी र भर्ना र परीक्षाको कार्यक्रम सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन दिएको हो । शिक्षा मन्त्रालयको मन्त्री स्तरीय निर्णयले कुनै पनि कक्षामा कुनै पनि विद्यालयले भर्ना लिन नपाउने निर्णय गरेको प्रवक्ता दिपक शर्माले जानकारी दिएका हुन् ।

लकडाउनका कारण विद्यालयहरुको पठनपाठन बन्द रहेको छ । केहि विद्यालयहरुले भने विद्यार्थी भर्ना गर्न थालेका थिए । विशेष गरी निजी विद्यालयहरुले विद्यार्थी भर्ना गर्न दबाव दिँदै आएका छन् ।

मन्त्रालयले विद्यार्थी भर्ना नलिन विद्यालय र भर्ना नगर्न अभिभावकहरुलाई समेत सचेत गराएको छ। विद्यार्थी भर्ना, अनलाइन पठनपाठन र मासिक शुल्क नलिन समेत मन्त्रालयले विद्यालयहरुलाई निर्देशन दिएको हो ।

प्याब्सनले आगामी २६ गतेबाट विद्यार्थी भर्ना गर्न देशभरका निजी विद्यालयहरुलाई निर्देशन दिएको थियो । कतिपय सामुदायिक विद्यालयले पनि भर्ना प्रक्रिया अघि बढाएका थिए ।

कोराना भाइरसको जोखिम कायमै रहेका तत्कालका लागि कुनै पनि शैक्षिक गतिवधि नगर्न मन्त्रालयले सुचित गरेको हो । विद्यालयहरुले अहिले कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गरिरहेका छन् । मन्त्रालले कक्षा १०, ११ र १२ को परीक्षाको सर्न्दभमा पनि कुनै पनि निर्णय नभएको जनाएको छ ।

सरकारले निजी विद्यालयहरुलाई चैत महिनाको आवासीय शुल्क बाहेक अन्य शुल्क नलिने आग्रह गरेको थियो । प्रवक्ता शर्माद्धारा जारी विज्ञप्तिमा शुल्क छुट बारेको जानकारी विद्यालयहरुले सम्बन्धि स्थानीय तहमा दिनुपर्ने उल्लेख छ ।

भर्खरै

सम्बन्धित खबर

Language »