सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विद्यालयमा बनाइएका क्वारेन्टाइन र आइसोलेसन खाली गर्न सरकारको निर्देशन

काठमाडौं। सरकारले कोरोना भाइरसको महामारीकाबीच विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने र विद्यालयलाई क्वारेन्टाइन स्थल नबनाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेसन कार्य सञ्चालन गर्न नपाइने साथै क्वारेन्टाइन खाली भएका विद्यालयहरूलाई समेत निर्मलीकरण गरेर अध्यापन गर्न योग्य बनाउनुपर्ने बताएका छन्।

त्यस्तै सरकारले विद्यालयले २०७६/७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न निर्देशन दिएको छ ।

त्यस्तै सरकारले भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क राख्ने निर्णयसमेत गरेको छ ।

विद्यालय निर्मलीकरणको कार्यढाँचा बनाउने जिम्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको छ ।

त्यस्तै सरकारले साउनभरमा विद्यालय पुगिसक्न सबै शिक्षकलाई निर्देशन दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »