सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विद्यालय वरिपरि धुम्रपान र मध्यपानका सामाग्री बिक्री वितरण राेक्न माग

हेटौंडा । नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरले विद्यालय भवन नजिकै चुरोट, खैनी, गुट्खा पानपराग जस्ता धुम्रपान र मध्यपानका सामाग्री बिक्री वितरण भईरहेको भन्दै यसलाई रोक्न जिल्ला समन्वय इकाई मकवानपुरको ध्यानाकर्षण गराएको छ ।

नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरका अध्यक्ष ध्रुबप्रसाद चौलागाईले मंगलबार जिल्ला समन्वय इकाई प्रमुख लिला गौतमलाई ज्ञापन पत्र बुझाउनुभएको हो । नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरका महिला उपाध्यक्ष जुना दाहाल, उपाध्यक्ष खेम जर्घा, सचिब नरहरी महत लगायतको उपस्थिती थियो ।

ज्ञापनपत्र बुझ्दै इकाई प्रमुख गौतमले विद्यालय क्षेत्रमा देखीएका कमीकमजोरी सुधार्न नेपाल राष्ट्रिय अभिभावक संघसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरका पदाधिकारीहरुसंगको अन्तरक्रीयामा नयाँ शैक्षीक सत्र सुरु हुन लागीरहेको अवस्थामा सामुदायिक विद्यालयमा निशुल्क र संस्थागत विद्यालयहरुमा चर्को भर्ना फीको विषयमा समेत अभिभावकहरुले चासो राखेका थिए ।

यस्तै पाठ्यक्रम तथा पाठ्यपुस्तक सहज रुपमा उपलब्धताका लागि समेत वातावरण निर्माण गर्न नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरका अध्यक्ष धु्रुवप्रसाद चौलागाँइले आग्रह गर्नुभयो

भर्खरै

सम्बन्धित खबर

Language »