सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुनुपर्नेः प्रवक्ता नारायणकाजी श्रेष्ठ

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता नारायण काजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुने बताएका छन्। घिसिङको पुनर्नियुक्तिबारे अन्योल भइरहेका बेला सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक संजालमार्फत घिसिङको पुनर्नियुक्ति हुने विश्व‍वास व्यक्त गरेका हुन्।

सरकारको नेतृत्व गरिरहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुने विश्वास व्यक्त गरेका छन् ।वर्षौंदेखिको लोड सेडिङ समस्याबाट मुलुकलाई मुक्त गरेर जनतालाई उज्यालो दिएका घिसिङको चार वर्षे कार्यकाल आइतवार सकिएको थियो ।

श्रेष्ठले सोमबार ट्‍वीटरमा लेखेका छन्‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले उर्जा क्षेत्रमा जे जति योगदान पुर्‍याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु।’

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे छलफल गर्न सोमवार मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्‍त्री केपी ओलीले अपरान्‍ह पाँच बजे बैठक बोलाएका छन्। नागरिकस्तरबाट उनलाई नियुक्त गर्न व्यापक दबाब छ। घिसिङ नै दोहोरिने सम्भावना बढेको स्रोतले बताएको छ। उर्जामन्‍त्री वर्षामान पुनले घिसिङको पुनर्नियुक्तिको प्रस्ताव तयार गरेको स्रोतको दाबी छ। घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा दुई वर्षका लागि दोहोर्‍याउने गरी मन्त्रिपरिषद्मा पेस हुन लागेको बताइएको छ।

०७२ भदौ २९ गते घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त हुँदा मुलुक दैनिक १८ घण्टासम्मको लोडसेडिङमा थियो। पदबहाली गरेको करिब दुई वर्षमा लोडसेडिङ हटाउन उनी सफल भए। उनी उज्यालो नेपालको संवाहकका रुपमा उनी जनस्तरमा लोकप्रिय भएका छन्। लोडसेडिङ हटाएको जस आफूले मात्रै लिएको भन्दै राजनीतिक नेतृत्व उनीसँग खासै प्रशन्‍न छैन।

त्यसैगरी घाटामा रहेको प्राधिकरणलाई १२ अर्ब रुपैयाँसम्म नाफामा लैजाने, विद्युत् चुहावटलाई १५ प्रतिशतसम्म झार्नेलगायत साहसिक कदम उनले सम्पन्‍न गरेका थिए। अझै प्राधिकरणका चुनौती धेरै भएकाले पनि कुलमान दोहोरिनुपर्ने सरोकारवालाहरूको माग छ।चाँडै नै निजी क्षेत्रबाट करिब नौ सय मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै छ। यसका लागि विद्युत् निर्यात गर्ने वातावरण बनाउने, आन्तरिक खपत बढाउने, प्राधिकरण ऐन पुनर्संरचनाका विषयजस्ता कुरा सम्हाल्न संस्थान बुझेको व्यक्ति घिसिङ भएकाले उनको निरन्तरता आवश्यक भएको बताइएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »