सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विद्य‌ुत प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान

काठमाडौं। विद्य‌ुत उत्पादन, प्रसारण र वितरण गर्दै आएको नेपाल विद्युत प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बनेको छ।

प्राधिकरणले आफ्नो ३५ औ वार्षिकोत्सवको अवसरमा निकालेको बुलेटिन अनुसार विद्य‌ुत प्राधिकरण आर्थिक वर्ष २०७६/७७मा ११ खर्ब खुद नाफा कमाएको हो।

यसका साथै प्राधिकरणले आर्थिक वर्ष २०७२/७३मा ८ अर्ब ८९ करोड खुद घाटा बेहोरेको थियो। तर कुलमानले आफ्नो कार्यकालमा यसलाई नयाँ रेकर्ड कायम गर्दै नयाँ इतिहास बनाउन सफल भएको छ।

यस्तै आर्थिक वर्ष २०७२/ ७३मा ३४ अर्ब ६१ करोड सञ्‍चित घाटामा रहेको प्राधिकरणले आर्थिक वर्ष २०७६/७७मा करीब ५ अर्ब सञ्‍चित नाफा कमाएको छ।

त्यसैगरी आर्थिक वर्ष २०७२/७३मा २५.७८ प्रतिशत विद्य‌ुत चुहावटलाई घटाएर आर्थिक वर्ष २०७६/७७मा १५.२७ प्रतिशतमा सीमित गरिएको छ।

यस्तै देशमा १४ घण्टासम्‍म लोडसेडिङ रहेको र कुल विद्युत खपतको ३५ प्रतिशत भारतमा आयात गरिरहेको बेला गत आर्थिक वर्षसम्‍म २२ प्रतिशतमा झारेको छ भने आगामी वर्ष ५ देखि १० प्रतिशतमा सीमित गर्ने प्राधिकरणले लक्ष्‍य लिएको छ।

यतिमात्रै नभएर आर्थिक वर्ष २०७२/७३मा ग्राहक संख्‍या २९ लाख ६९ हजार ५ सय ७५ रहेकोमा आर्थिक वर्ष २०७६/७७मा कुल ग्राहक संख्‍या ४२ लाख पुगेको छ। यस्तै ग्रीडको विद्य‌ुत पहुँच पुगेको जनताको संख्‍या चार वर्ष अघि ६३ प्रतिशत रहेकोमा हाल ८६ प्रतिशत भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »