सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विधवा बुहारी माथि जवरजस्ती,आर्थिक प्रलोभनमा हत्या गरे: परिवारका सबै सदस्यहरूको हात

हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापाको हत्याको आरोपमा मकवानपुर प्रहरीले सोमबार चार जनालाई सार्वजनिक गरेको छ । संलग्न रहेका आरोपमा पक्राउ पर्नेमा मृतक थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापा रहेका छन् ।

उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।सुस्मिता आफ्नै घरको भान्सा कोठामा असार २ गते मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीको अनुसन्धानमा सुस्मिताले नन्द सीतासँग खाना खाइरहेको बेला पछाडीबाट ससुराले हानेको र त्यसपछि ससुराले काठले हानेपछि नन्दले लोरोले हानेर उनको हत्या भएको देखिएको छ ।

नवलपरासीको दाउन्नेमा सवारी दुर्घटनामा सुस्मिताका पतिको निधन भएपछि सुस्मिता माथि परिवारबाटै यातना भइरहेको र सुसराले मृतक बुहारीलाई बाथरुममा जबर्जस्ती करणीसमेत गरेको अनुसन्धानको क्रममा खुलेको छ । मृतककी पतिको निधनपश्चात् दुर्घटना, बिमा, सामाजिक सुरक्षा कोष तथा कार्यरत संस्थाबाट करिब ५५ लाख ६० हजार तीन सय २४ रुपैयाँ प्राप्त भएको रकमको विषयलाई लिएर समेत परिवारमा कलह अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »