सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विना कारण पाँच दिन प्रहरी हिरासत धुलिखेलमा परेकी साइली तामाङ रिहा

काठमाडौँ । विना कारण जिल्ला प्रहरी कार्यलय धुलिखेलको प्रहरी हिरासतमा परेकी साइली तामाङ उच्च अदालतको कारण देखाउ आदेशबाट विना सर्त रिहा भएको छ ।

पीडित साइली तामाङ शान्ति तामाङबाट ठगी भएको निवेदन लिएर साउन ३० गते जिल्ला प्रहरी कार्यलय धुलिखेलमा पुगेको थियो । प्रहरीले निवेदन लिन मानेन । एस. एस. पी चक्रराज जोशीको निर्देशनमा थुनामा राखेको थियो ।

सारा खबरको प्रतिनिधि, उज्यालो नेटवर्कको प्रतिनिधि, तेमाल अनलाइनको प्रतिनिधिसँग जिल्ला प्रहरी कार्यलय धुलिखेलको एस.एस. पी चक्रराज जोशीले शान्ति तामाङ र साइली तामाङ मिटर व्याजको प्रतिनिधि पात्र भएको हुनाले अनुसन्धानको लागि हिरासतमा लिएको जानकारी दिएको थियो । साइली तामाङलाई थुनामा राख्नको कारण सोध्दा भने एस.एस.पी जोशीले लामो सास फेर्दै अनुसन्धानमा सहयोग गर्न अनुरोध गर्दै समाचार लेख्न आग्रह गरेको थियो ।

घटनाको शुरु ।

साउन २७ गते शुक्रबार शान्ति तामाङले अपहरणमा परेको नाटक गरेको थियो । (शान्ति तामाङले अपहरणमा परेको भन्दै फोन गरेको कल डिटिएर र फोनमा बोलिएको भाषाको आधारमा ) शान्ति तामाङसँग फोन गरी एक करोड पचास लाख फिरौती नदिए अपहरण कारीले मार्ने धम्की दिएको छ भनी रुदै फोन गरेको थियो ।

प्रहरीको सहयोगमा शान्ति तामाङ काठमाडौंको डल्लुबाट नियन्त्रण लिएको भनि जानकारी साइली तामाङलाई दिएता पनि जिल्ला प्रहरी कार्यलय धुलिखेलको हिरासतमा राखेको प्रहरीले नै सूचना दिएको थियो । उक्त जानकारीको आधारमा साइली तामाङ शान्ति तामाङ विरुद्धको निवेदन लिएर जिल्ला प्रहरी कार्यलय धुलिखेल पुगेको थियो ।

विभिन्न राजनीतिक व्यक्तिहरुको संरक्षणमा रहेको शान्ति तामाङको जिल्ला प्रहरी कार्यलय धुलिखेलमा शान बेग्लै थियो । साइली तामाङले पैसाको कुरा गर्दा उल्टै हप्की र दप्की गर्दा प्रहरी हेरेर बस्थे । यो पंक्तिकार रिपोटिंङको क्रममा पुग्दा प्रत्यक्ष शान्ति तामाङको रहफ दहफ देखेको थियो ।

उच्च अदालत पाटनको आदेशमा साइली तामाङलाई रिहा गर्न जिल्ला प्रहरी कार्यलय धुलिखेल बाध्य ।

पीडित साइली तामाङको श्रीमानले उच्च अदालत पाटनमा जिल्ला प्रहरी कार्यलय धुलिखेलको विरुद्ध बन्दी प्रत्यक्षीकरणको जाहेरी हालेको थियो । उक्त निवेदनको आदारमा उच्च अदालत पाटनले जिल्ला प्रहरी कार्यलय धुलिखेललाई कारण देखाउ आदेश जारी गरेको थियो तर जवाफ नदिइ साउन ५ गते आइतबार साइली तामाङलाई विना सर्त रिहा गरेको छ ।

बनेपामा सामान्य व्यवसाय गरीरहेका रोशी गाउँपालिका वडा नं. ९ मंगलटारको साइली तामाङ पाँच दिन सम्मा विनाकारण प्रहरी हिरासतमा बस्नु पर्दा अनाअवश्यक मानसीक तनाव व्यहोर्नु परेको सारा खबरलाई बताएको छ ।

यक्ति बेला प्रहरी हिरासतमा रहेको काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडा नं. १२ घर भइ हाल बनेपा बस्दै आएको शान्ति तामाङले ६ करोड ठगी गरेको आरोप लागेको छ । शान्ति तामाङले नै विभिन्न समयमा साइली तामाङबाट पैसा लगेको मिति सहितको कागजको आधारमा पनि शान्ति तामाङले पैसाको कारोबार गरेको प्रमाण भेटिएको छ ।
शान्ति तामाङले नै साइली तामाङलाई हस्ताक्षर गरी दिएको लेखितम कागजको आधारमा ठगी गरिएको निवेदन लिएर जिल्ला प्रहरी कार्यलय धुलिखेल पुग्दा साइली तामाङ नै पाँचदिन हिरासतमा बस्नु परेको थियो । अब जिल्ला प्रहरी कार्यलय धुलिखेलले साइली तामाङले पाएको मानसीक तनावको न्याय कसरी दिन्छ ? यो घटनाले कतै शक्तिको प्रभावमा जिल्ला प्रहरी कार्यलय धुलिखेल पनि परेको हो कि भन्ने आशंका गर्ने ठाउँ पाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »