सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विना निष्कर्ष टुंगियो दुई अध्यक्षबीचको वार्ता, भोलिको स्थायी कमिटी बैठक नरोकिने

काठमाण्डौँ / ०१ साउन।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आजको भेटवार्ता पनि विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्ता विना निष्कर्ष टुंगिएको हो ।

आजको वार्तामा प्रचण्ड पक्षबाट वरिष्ठ नेता माधवकुमार नेपाल र ओलीपक्षबाट महासचिव विष्णु पौडेल समेत सहभागी थिए । स्रोतका अनुसार आजको बैठक विना निष्कर्ष टुंगिए पनि भोलि बस्ने भनिएको स्थायी कमिटीको बैठक रोकिने छैन ।

दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा गत असार १८ देखि स्थायी कमिटीको बैठक लगातार स्थगित हुँदै आएको छ । सहमति जुटाउनका लागि भन्दै असार २६ का लागि तय भएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो । पछि साउन २ सम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो ।

त्यस्तै नेकपाका ६ जना सचिवालय सदस्यहरुको भेलाले प्रधानमन्त्री ओली पार्टीको निर्णयअनुसार चल्नुपर्ने निष्कर्ष निकालेको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान बसेको सचिवालय सदस्यको भेलाले त्यस्तो निष्कर्ष निकालेको हो ।

खुमलटार बैठकमा प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, पार्टी उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा सहभागि भएका थिए । खुमलटार बैठकपछि प्रचण्ड र नेपाल बालुवाटार पुगेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »