सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विपक्षीकाे मन जित्ने वडा अध्यक्षः निराजन जंगम

धुलिखेल । निर्वाचनमा जिते पछि जनताकाे घरदैलाैमा जनप्रतिनिधि उपस्थिति हुँदेनन् भन्ने जनताकाे गुनासा सबै तिर सुन्दै आइरहेकाे नै छन् तर काभ्रेकाे धुलिखेल नगरपालिका वडा नं। ८ का वडा अध्यक्ष निराजन जंगमलाई रातमा निन्द्र र दिनमा फुर्सद नै छैन । उनी अहिले दैनिक रूपमा जनताकाे घरदैलाेमा पुगेर जनताकाे समस्या के हाे ? भन्दै साेधेर समाधानका लागि पहल गरिरहेका हुन्छन् । उहाँसँग जनता पनि खुशि रहेको पाइयाे ।

वडा अध्यक्ष नीराजन जंगमले वडा प्रवेश गर्ने मुल गेट देखि भाट्टी डाँडा सम्म धर्मिक रूपमा अति महत्व राख्ने ताेरणले सजाएर पर्यटकहरूकाे मन जित्ने प्रयास पनि गरिरहेका छन् । उनकाे याे प्रयासलाइ भट्टी डाँडका युवाहरूले पनि साथ दिइरहेका छन् भने मुल सडकहरूमा जथाभावी फाेहर नहाेस भनेर ”युस मि” भन्ने नाेटिस बाेर्डका साथमा डस्विनकाे व्यवस्था गरेका छन् ।

पर्यटन वर्ष २०२० नजिकिएकाे कारणले मात्र याे व्यवस्था मिलाएकाे हाे ? भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ , ”स्थानीय निर्वाचनकाे निर्वाचित उम्मेदवार भएकाे मेराे उपलब्धि मुलक पहिलाे काम नै याे हाे । सफा वातावरणका लागि सडक, पद मार्ग सफा हुनु पर्छ अनि मात्र घुम्न आउने आन्तरिक वा बाहय पर्यटहरूलाई हामीले याे क्षेत्रकाे पहिचान चिनाउन सकिन्छ । त्यसकारण याे देखाउनका लागि मात्र हाेइन स्वास्थ र निरन्तर सफा वातावरणका लागि नै याे कामकाे थलानी गरेकाे हाे ।”

यत्ति बेला वडा अध्यक्ष नीराजन जंगम विपक्षीहरूकाे पनि प्याराे रहेछ । उहाँले आफ्नाे कार्यकालमा पक्ष या विपक्ष नभनी जनताकाे हितका लागि निरन्तर काम गर्ने अठाेट लिएकाे संवादकाे क्रममा बताउनु भयाे । वडाल गाउँका एक वृद्धआमा भन्नु हुन्छ ”हामी अहिले स्वास्थ चेक जाँचका लागि धुलिखेल पुगिरहनु पर्दैन । प्रत्येक हप्तामा घर घरमा नर्सहरूआइपुग्छन् । अहिले धेरै राम्राे भएकाे छ ।”

भट्टीडाँडाका एक बृद्धाले पनि चुनावमा निराजन जंगम जस्ताे व्यक्तिलाइ भाेट नहालेकाेमा पछुताएकाे पंतिकारसँगकाे संवादकाे क्रममा रामप्रसाद काेइरालाले बताउनु भयाे ।

”जनतासँग जनप्रतिनिधि र जनताकाे घर दैलाेमा डाक्टर” भन्ने मुल नाराका साथ अहिले उहाँ प्रत्येक दिन जस्तै जनताकाे घर दैलाेमा पुग्ने रहेछ ।

जनता सँग जनप्रतिनिधि र जनताकाे घर दैलाेमा डाक्टर भन्ने मुल नाराका साथ अहिले उहाँ प्रत्येक दिन जस्तै जनताकाे घर दैलाेमा पुग्ने रहेछ । घर दैलाै अभियानकै क्रममा एक दलित एक्कल महिलाले उहाँलाई गुनासाे सुनाउँदै भन्नु भयाे ”मेराे भुकम्पकाे घर निर्माण हुन सकेकाे छैन । पहिलाे किस्ता पाइसकेकाे छ तर दाेस्राे किस्ता लिनका लागि नक्शा पास भएकाे छैन भन्छन् के हाे ?” वडा अध्यक्ष जंगमले भुकम्पकाे घर बनाउनका लागि नक्सा पास गर्नु नपर्ने भएकाे हुनाले अर्काे किस्ताका लागि सिफारिस लिन तत्काल वडामा आउन अनुराेध गर्नु भयाे भने उहाँले निशुल्क स्वास्थ विमा पनि गरिदिने बचन प्रतिबद्धता गर्नु भयाे ।

”२०५० सालमा विवाह भएर म याे गाउँमा आउदा मकै पिन्नलाई दुई घन्टाकाे बाटाे हिडेर जानु पर्थ्याे तर अहिले त्याे समस्या टारेकाे एक वर्ष मात्र पुरा भएकाे छ । जनतालाई विकास भनेकाे नै यही हाे । सडक बाटाे घर घरमा पुर्याउनु भएकाे छ । स्वास्थ्यका लागि घरदैलाे कार्यक्रम चालएकाे छ । अब हामीलाई पानीकाे राम्राे व्यवस्था गरिदिनुभयाे भने याे ठाउँ स्वर्ग नै हुने छ । यहाँकाे जनताले उहाँ जस्ताे जनप्रतिनिधि अरू पाउन सक्दैन । अर्को पालि पनि उहाँकाे नै जीत हाेस् ।” सारा खबरकाे संवाददाता सँग संवादकाे क्रममा शारादा बडालले बताउनु भयाे ।

पानीकाे समस्या वडाल गाउँकाे मात्र हाेइन रहेछ । भट्टी डाँडामा पनि रहेछ तर वडा र नगरपालिकाकाे गुरू याेजना अनुरूप प्रत्येक घरघरमा एक धारा पुर्याउने लक्ष्य चाँडै पुरा गर्ने वडा अध्यक्ष जंगमले बताउनु भएकाे छ ।

बिजुली बत्तिकाे सवालमा वडा नं। ८ धुलिखेल नगरपालिकामा मात्र नभएर नेपाल अधिराज्य भरीमा सबै भन्दा राम्राे व्यवस्थापन रहेकाे दाबी उहाँकाे रहेकाे छ ।

सार्वजनिक शाैचालय निर्माणका लागि नगरपालिकासँग बजेट माग गरिरहेकाे तर नगरपालिकाले सधै अपुग बजेट बिनियाेजन गर्ने गरेकाे हुँदा सार्वजनिक शाैचालय निर्माण गर्न नसकेकाेमा उहाँ पछुताे मान्नु हुन्छ ।

”विदेशमा पहिलाे प्राथमिकता भनेकाे सार्वजनिक शाैचालय हुन्छ । नेपालमा घुम्न आउने विदेशीहरूले पनि सार्वजनिक शाैचालय कता छ भनेर साेध्ने गरिन्छ तर हामी नेपालीहरूले शाैचालयलाइ खासै ध्यान दिएकाे हुँदैन । ८ नं। वडा पर्यटहरू हभ भएकाे हुँदा अाउँदाे वर्षमा जसरी पनि नगरपालिकासँग बजेट माग गरेर सार्वजनिक शाैचालय निर्माण गर्ने याेजना छ ।” उहाँले केही निरासा भावका साथ गुनासाे पाेख्न भयाे ।

सडक बाटाे, स्वास्थ्य, शिक्षा र कृषि अनि पर्यटन क्षेत्रमा अन्य वडामा भन्दा धेरै उपलब्धी मुलक कार्यहरू भएकाे उहाँले दाबी गर्नु भयाे ।

विशेष गरेर युवाहरूलाइ प्राथमिकतामा राखेर काम गर्ने गरेकाे उहाँले हामीलाइ जानकारी दिनुभयाे ।

उहाँ भन्नु हुन्छः ”ति युवाहरू जुनसुकै पार्टीकाे हाेस् । म मतलब राख्दिन । वडाकाे विकास र हितका लागि काम गर्नुहुन्छ भने म उहाँहरूलाई जसरी पनि सहयाेग गर्छु । काेहि पनि निरासा नहाेस् भन्ने मेराे मुल मन्त्र हाे ।”

भर्खरै

सम्बन्धित खबर

Language »