सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विपन्न परिवारलाई समाजसेवी मल्लको सहयोग

नेपालगञ्ज,समाजसेवी मिन वहादुर मल्लले नेपालगञ्जका पत्रिका वितरकहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

मल्लले लोकप्रिय सन्देश दैनिकले पत्रिका वितरकहरुको सहयोगका लागि सञ्चालन गरिरहेको अभियान मार्फत ५ जना पत्रिका वितरकलाई सोमबार सहयोग गर्नुभएको हो ।


प्रति ब्यक्ति १० किलो चामल, दुईकिलो आलु, एक किलो नुन, एक लिटर तेल, एक किलो दाल र एउटा सावुन सहयोग गरिएको लोकप्रिय सन्देशका प्रबन्धक दिनेश ठाकुरले जानकारी दिनुभयो । लोकप्रिय सन्देश दैनिकले हालसम्म ३५ जनालाई सहयोग गरिएको जनाएको छ ।


मल्लले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई सहयोगका लागि संकलन गर्नुभएको तीन लाख रुपिया बाँकेको नरैनापुर, खजुरा र जानकी गाउाँपलिकामा १÷१ लाख रुपिया सहयोग गर्नुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »