सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विभिन्न स्थानमा लकडाउन गर्ने २ सय सवारी साधन कार्बाही

सरकारले जारी गरेको लकडाउन अवज्ञा गर्दै सडकमा चलेका सवारी सधान मंगलबार बिहानैदेखि नियन्त्रणमा लिएर राखेको हो । तीमध्ये २ जनाले मापसे गरी सवारी चलाएको फेला परेका छन् । उनीहरुलाई बुटवलका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए ।

नियन्त्रण लिएका सवारी साधन र व्यक्तिलाई ट्राफिक प्रहरी कार्यालय प्रदेश ५, ईलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, रामनगर लगायतका स्थानमा राखिएको छ । भट्टराईले सडकमा अनावश्यक रुपमा गुडिरहेका मोटरसाइकल, स्कुटी र कारलाई नियन्त्रणमा राखिएको जनाए ।

पहिलो पटक भएकाले कागज बनाएर साँझमात्र छोडिने प्रदेश ५ ट्राफिक प्रहरी प्रमुख मधुसुदन लुइँटेलले बताए । प्रहरीले मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा होहल्ला गर्दै हिँडेका बुटवलकै हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई पनि नियन्त्रणमा राखेको छ । यसैगरी कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् ।

लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »