सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विराटनगरमा लकडाउन भदौ ५ सम्म थपियो

विराटनगर । विराटनगर महानगरपालिकामा आगामी भदौ ५ गतेसम्मका लागि लकडाउन थपिएको छ ।

महानगरपालिकाको कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको बिहिबार बसेको बैठकले भदौ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

प्रदेश १ को हटस्पट बनेको विराटनगरमा समुदायमा कोरोना फैलिएको भन्दै महानगरले साउन १६ देखि दुई साताका लागि लकडाउन घोषणा गरेको थियो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ भने अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »