सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विराटनगरमा २ साता लकडाउनको घोषणा

काठमाडौं । कोरोनाभाइरस (कोभिड– १९) संक्रमण फैलिएपछि मोरङको विराटनगरमा २ साताका लागि लकडाउन घोषणा गरिएको छ ।

जिल्ला सुरक्षा समितिको म्यान्डेडअनुसार विराटनगर महानगरपालिका क्षेत्रमा आज राति १२ बजेदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको हो।

विगत ४/५ दिनदेखि कोरोना संक्रमण एकदमै फैलिएको र समुदायमा जाने खतरा देखिएकाले आजदेखि २ हप्ताका लागि कम्प्लिट्ली लकडाउन गर्ने निर्णय भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

लकडाउनलाई कडाइका साथ कार्यान्वयन गरिने भन्दै उनले घरबाट बाहिर निस्किए संक्रामक रोग नियन्त्रणसम्बन्धी ऐनअनुसार कारवाही गरिने बताए ।

सीसीएमसीको म्यान्डेडअनुसार सीडीयो सहित बैठक बसेर यस्तो निर्णय भएको हो। लकडाउनलाई कडाइका साथ कार्यान्वयन गरिने केशरीको भनाइ छ।

भर्खरै

सम्बन्धित खबर

Language »