सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विर अस्पातालमा आँखा झिकिएको भनिएको मृतकको पोष्टमार्टम : कुनै अङ्ग नझिकिएको

काठमाडौं। केन्द्रीय कारागारका मृतक कैदी रामलखन जैसवालको पोष्टमार्टम रिपोर्टमा कुनै अङ्ग झिकिएको नदेखिएको र चोटपनि नभएको अधिकारीहरुले बताएका छन्।

रुपन्देही घर भएका जैसवाललाई असोज ३ गते राति १० बजेर ५५ मिनेटमा विर अस्पतालले मृतक घोषणा गरेको थियो।

पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा ६३ वर्षीय जैसवालको आँखा, मृगौललगायत कुनै पनि अङ्ग झिकिएको नदेखिएको र चोटसमेत नभएको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले बताएका छन ।

उनले भने, ‘ प्रारम्भिक रिपोर्टमा हल्ला भएजस्तो केही पनि देखिएको छैन। अब भिसेरा रिपोर्ट आउन बाँकी छ’, उनले भने।

जैसवालको मृत्युपछि गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। तर मृतकका आफन्तले कोरोना पोजेटिभ देखाएर जैसवालको आँखा, मृगौला झिकिएको आशंका गरेका थिए। त्यसपछि सरकारले कोरोना पोजेटेभि देखिएपनि जैसवालको पोष्टमार्टम गर्ने निर्णय गरेको थियो।

असोज ३ गते राती ९ बजे स्वास प्रश्वासमा समस्या देखिएपछि जैसवाललाई सुरुमा कारागारकै अस्पतालमा पुर्‍याएर पछि वीरका लागि रिफर गरिएको थियो। विवादलाई साम्य पार्न जैसवाललाई उपचारका लागि कारागारबाट निकाल्दै गरेको अवस्थाको सिसिटिभी फुटेज पनि सार्वजनिक गरिएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »