सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विर हस्पिटल क्षेत्र तनाव ग्रस्त, पुण्य गाैतम गिरफ्तार (भिडियाे सहित)

काठमाडाैँ। केन्द्रिय कारागारबाट उपचारका लागि विर हस्पिटल ल्याइएका एक विरामीकाे मृत्यु हुँदा अस्पताल क्षेत्र तनाव ग्रस्त भएकाे छ ।

रूपन्देहि जिल्ला सिद्दार्थ नगरपालिका वडा नं. ५ बैंक राेड निवासी राम लखन जैसवाललाई केन्दिय कारागार परिसरमा नै कुटपिट गरी रातारात विर हस्पिटल पुर्याएर काेराेना पाेजिटिभ रिर्पाट निकाली मृत्यु भएकाे घाेषणा गर्दै आफन्तहरूलाई समेत शव हेर्न नदिएकाे तथा शवबाट महत्वपुर्ण अंगहरू समेत जिकिएकाे भन्ने विषयलाई लिएर विर हस्पिटल क्षेत्र तनाव ग्रस्त भएकाे छ ।

विगत सात वर्ष देखि कारागारमा रहेका जैसवाललाई कारागार परिसर भित्रै मृत्यु हुने गरी कुटपिट गरेर हस्पिटल ल्याएकाे आशंका गरिएकाे छ। जैसवाल यही असाेज २२ गते आफ्नाे कैद भुक्तान गरी रिहा हुने तयारीमा रहेकाे समेत बुझिएकाे छ ।

पुर्व वडाध्यक्ष समेत रहेकाे जैसवाल शारीरिक रूपमा स्वस्थ रहेकाेले काेराेनाबाट मात्र मृत्यु हुनै नसक्ने आफन्तहरूकाे दाबी छ। पीडित पक्षकाे वकालत गर्छु भन्दै सडकमा आएका पुण्य गाैतमलाइ समेत प्रहरीले गिरफ्तार गरिएकाे छ। विर हस्पिटल आसपास तनाव भैरहदा याे अस्पतालकाे केस हाे भन्दै काठमाडाैँकाे प्रहरी प्रशासन माैन रहेकाे छ।

प्रहरी तथा हस्पिटल प्रशासनले सत्य तथ्य पत्ता लगाइ बाहिर ल्याउने भन्दै मृत्ककाे आफन्तहरूलाई सानताेना दिइरहेकाे भएपनि आफन्तहरू विश्वस्त नभएकाे कारण नारा जुलुस गर्दै सडक अवरूद्ध गरिएकाे छ। मृत्ककाे आफन्तहरूले शव हर्न पाउनु पर्ने माग राख्दै नारा जुलुस गरिरहेकाे छ।

बुबाकाे शव हेर्न पाउनु पर्ने माग राख्दै हस्पिटलकाे गेटमा पुगेकी मृत्ककाे छाेरीकाे प्रहरीसँगकाे विवादमा हात मर्किएकाे छ।

भर्खरै

सम्बन्धित खबर

Language »