सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विवादकै कारण चर्चाको चुलीमा पुगेको काख्रे कतारको दोहमा उडयो

काठमाडौँ । कतारको दोहमा यही २०२२ जुलाई २९ शनिबार तामाङ चलचित्र “काख्रे” प्रदर्शन हुने भएको छ । तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण ” भन्ने मुल नाराका साथ सन २००५ मा स्थापना भएको संस्था नेपाल प्रवासी तामाङ समाज कतारको संस्कृति तथा कलाकार विभाग द्वारा तामाङ भाषाको चलचित्र काख्रेको विशेष प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम यही जुलाइ २९तारिख शुक्रबारको दिन हुने भएको छ ।

कथाकार तथा नायक ऋतुराज पाख्रीनको अभिनय रहेको चलचित्र “काखे्र” काठमाडौँको जमलमा २०७९ साल असाढ १८ गते प्रदर्शन गरिएको थियो । संविधान सभा सदस्य बहादुर सिं तामाङको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको उक्त चलचित्रकोबारेमा धेरैले सामाजिक संजालमा टिकाटिप्पणी गरेका थिए तर निर्माण टिमले प्राविधिक गल्तीलाई सुधार गरी राम्रो बनाउने तिरा लाग्यो । दर्शकले दिएको गाली, सुझावलाई सहर्ष स्वीकारेर तामाङ चलचित्र काख्रेमा अब प्राविधिक समस्याहरु नआउने निर्देशक रोशन फ्युवाले सारा खबरलाई जानकारी दिएको छ ।

नायक ऋतुराज पाख्रीन भन्नु हुन्छ । “कतारमा यो चलचित्र हेरिसकेपछि दर्शकले हामीलाई गाली हैन ताली नै दिने छन् । हो हाम्रो प्राविधिक पक्षको कमजोरीका कारणले जमलमा चलचित्र देखाउँदा समस्या आयो । हामीले त्यहाँ गाली खानु पर्यो । अब त्यही दर्शकले दोहोरीएर यो चलचित्र हेर्नुभयो भने हामीलाई ताली दिने छन् ।”

पछिल्लो समयमा विवादकै कारणले चर्चाको शिखरमा पुग्न सफल भएको चलचित्र हो “काख्रे” । वर्तमान युवाहरूलाई लक्षित गरेर निर्माण गरिएको “काख्रे” चलचित्रले नेपालमा मात्रै नभएर प्रवासमा रहेका दर्शकहरुको मन जित्नेमा निर्माण टिम ढुक्क छन् । कथाकार निर्देशक तथा नायक रितुराज पाख्रीनको अभिनय मा रहेको काख्रेमा नायिका सुनिता लुङ्बाको नयाँ अवतार चलचित्रमा देख्न सकिने छ भने कुईसाङ रुम्बा लगायतका कलाकारहरुको सशक्त भुमिका रहेका छन् ।

खाट भाँच्चिएको शिर्षकबाट चर्चा र विवादमा आएको तामाङ चलचित्र “काख्रे” विस्तारै दर्शकको मन जितेर विश्व परिक्रम गर्ने योजनामा रहेको छ ।

कामको शिलशिलामा कतारमा नेपाली तामाङ दाजुभाई तथा दिदीबहिनीहरु धेरै छन् । बिगतमा सेर्कु, काला दाग, जस्ता तामाङ चलचित्र कतारमा प्रदशन भै सकेको छ तर यो पटक भने लामो समय देखि कोरोनाको कारणले तामाङ चलचित्र हेर्न नपाएको दर्शकहरुका लागि काख्रे चलचित्रले प्यास मज्जाले मेटाउनेमा विश्वास रहेको आयोजक नेपाल प्रवासी तामाङ समाज कतारको सस्कृती तथा कलाकार विभागले जानकारी गराउनु भएको छ

कतारमा कर्म थलो बनाइ रहनु भएको सम्पुर्ण तामाङ चलचित्र प्रेमी दर्शकहरुलाई यही जुलाइ २९ तारिख सालिमार इस्तामबुल रेस्टुरेन्ट दोहा, नज्मामा उपस्थित भएर तामाङ चलचित्र काख्रेलाई माया र हौसाला प्रधान गरि दिनु हुन आयोजकले अनुरोध गरेका छन् ।

चलचित्र प्रदशन संगै विभिन्न साँस्कृतिक कार्यक्रम हुने आयोजक टिमले जानकारी गराउनु भएको छ । स्थानीय कलाकार सेलो गायक कुमार ओख्रेली, सेलो गायक सुन्दर मोक्तान गायिका मुस्कान रुम्बा लगायतका कलाकारहरुको भव्य प्रस्तुती रहने जानकारी गराउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »