सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर एकै दिन २ लाख १३ हजार संक्रमित, ५ हजार ५१८ को मृत्यु

काठमाडौं , असार २५ ।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ५ हजार ५१८ को मृत्यु भएको छ ।

विहीबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ५१ हजार १९० जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ५१८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यस्तै १ करोड २१ लाख ५५ हजार ६०३ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख १३ हजार २२४ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म ७० लाख २५ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९५ हजार ५० जनाको मृत्यु भएको छ ।२५ लाख १८ हजार ५०७ जना संक्रमित भएकोमा १४ लाख ६५ हजार ४१० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७९ हजार ६४७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३६ लाख ९३ हजार ४९९ पुगेको छ । त्यसमध्ये १६ लाख ८७ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६५ हजार ५१६ जनाको मृत्यु भएको छ । २७ लाख ३५ हजार ७८५ जना संक्रमित भएकोमा १८ लाख ७३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९८ हजार ५६४ जनाको मृत्यु भएको छ । २६ लाख ७० हजार ६०५ जना संक्रमित भएकोमा १७ लाख ३३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १२ हजार २७० जनाको ज्यान गएको छ भने ५ लाख २५ हजार ८९२ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ५५ हजार ८५७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार ५२८ जना संक्रमित भएकोमा ९ हजार ८६ जना संक्रमणमुक्त भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »