सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर काेराेनबाट मृत्यु हुने संख्या २ लाख ६५ हजार नाघ्याे

काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजार नाघेकाे छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजार ४२ पुगेकाे छ । विश्वभर अहिलेसम्म ३८ लाख २१ हजारभन्दा बढी काेराेना संक्रमित भएका छन् ।

महामारीको रुप लिएको कोरोना संक्रमणबाट विश्वभर अहिलेसम्म जति मानिसको ज्यान गएको छ, सो भन्दा साढे चार गुणा बढी मानिसहरु उपचारपछि निको भएका छन् । सङ्क्रमितमध्ये १२ लाख ९९ हजार ३६१ सय भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ४.९० गुणा बढी हाे ।

पछिल्लाे २४ घण्टमा मात्रै विश्वभर काेराेनाबाट ६ हजार ८११ जनाले ज्यान गुमाएका छन् भने ९५ हजारभन्दा बढी नयाँ काेराेना संक्रमित थपिएका छन् । विश्वभर अहिले २२ लाख ५७ हजार बढीमा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ४८ हजार २२८ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोनाको उद्गम स्थल चीन भने अहिले २९५ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजार ९५७ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८८५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

कोरोनाभाइरस महामारीबाट अति प्रभावित युरोपेली देश स्पेन र इटालीमा पछिल्लो समय कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या निरन्तर घट्दै गएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »