सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ लाख १३ हजार बढी ४७ लाख संक्रमित

काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ३ लाख १३ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख १३ हजार १८० पुगेकाे छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या ४७ लाख १९ हजार ४४ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये १८ लाख ११ हजार ५३० उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा झण्डै गुणा बढी हाे ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म अमेरिकामा ९० हजार ११३ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १५ लाख ७ हजार ७७३ पुगेकाे छ । संक्रमितमध्ये ३ लाख ३९ हजार २३२ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १० लाख ७८ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार २४८ अवस्था गम्भीर रहेको छ ।

चीनले आफ्नो मुलुकमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको एक महिना नबित्दै त्यहाँ फेरि संक्रमण देखिन थालेको छ । वर्ल्डो मिटर्सकाे अनुसार चीनमा शनिबार ८ जना नयाँ काेराेना संक्रमित थपिएकाे छन् ।

योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या ८२ हजार ९४१ पुगेको छ । यसअघि शुक्रबार पनि त्यहाँ ४ जनामा संक्रमण देखिएको थियो । चीनमा अहिलेसम्म ७८ हजार २१९ जना संक्रमण मुक्त भएका छन् भने ८९ जना संक्रमितको उपचार भइरहेको छ ।

चीनमा ४ हजार ६३३ जनाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ । अप्रिल महिना यता नयाँ संक्रमित देखिएपछि चीनले वुहानका सबै बासिन्दाको कोरोना भाइरसको परीक्षण गरिरहेको छ ।

नेपालमा काेराेना भाइरस (काेभिड-१९) संक्रमितकाे संख्या २९१ पुगेकाे छ । त्यसैगरि नेपालमा कोरोनाबाट पहिलो पटक १ जनाको मृत्यु भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »