सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर काेराेनाबाट मृत्यु हुनेको संख्या ३ लाख ६६ हजार नाघ्यो,६० लाख बढी संक्रमित

काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या ३ लाख ६६ हजार नाघेको छ। विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ६६ हजार ४२१ पुगेको छ। त्यस्तै संक्रमित हुनेकाे संख्या ६० लाख नाघेकाे छ ।

यो समचार तयार पर्दा सम्म विश्वमा काेराेना संक्रमितकाे संख्या ६० लाख २६ हजार ४१८ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये २६ लाख ५६ हजार १४४ उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा झण्डै ७ गुणा बढी हाे । अहिलेसम्म काेराेना संक्रमबाट ३ लाख ६६ हजार ४२१ जनाकाे मृत्यु भएकाे वर्ल्डाे मिटर्सले जनाएकाे छ ।

अहिले विश्वभर ३० लाख ३ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने ५३ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर १ लाख १५ हजार बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् भने ४ हजार ८ सय ८९ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । शुक्रबार बिहानसम्म विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या ५९ लाख ९०७ थियाे भने मृत्यु हुनेकाे संख्या ३ लाख ६१ हजार ५४९ थियाे ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख ४ हजार ५४२ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १७ लाख ९३ हजार ५३० पुगेकाे छ ।

छिमेकी मुलुक भारतमा पनि काेराेनाकाे उद्गम स्थल चीनमा भन्दा दाेब्बर बढी संक्रमित भएका छन् । अहिलेसम्म भारतमा १ लाख ७३ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ४ हजार ९८० जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ८२ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले ८५ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ७० जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार २९१ जना भने पूर्णरूपमा निको भइसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »