सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर काेराेनाबाट ११ लाख बढीकाे मृत्यु, संक्रमितकाे संख्या ४ कराेड नजिक

काठमाडाैं /३० असोज।
विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ११ लाख नाघेकाे छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ११ लाख २ हजार ८४४ पुगेकाे छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने चार काराेड नजिक पुगेकाे छ । अहिलेसम्म ३ कराेड ९१ लाख ५८ हजार २०९ पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । कुल सङ्क्रमितमध्ये दुई कराेड ९३ लाख ७६ हजार बढी उपचारपछि घर फर्किएका छन् ।

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ३ लाख ९८ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार १ सय १० जनाकाे मृत्यु भएकाे छ । त्यस्तै २ लाख ५० हजार डिस्चार्ज भएका छन् ।

कुन देशकाे अवस्था कस्ताे ?

भर्खरै

सम्बन्धित खबर

Language »